Loktantra Khabar National Weekly
Ad

विश्वकप क्रिकेटमा नेपालको उत्कृष्ट प्रदर्शन

लोकतन्त्र खबर
२७ माघ २०८२

आईसीसी टी–२० अन्तर्गत आइतबार भारत महाराष्ट्र राज्यको मुम्बइस्थित वानखेडे क्रिकेट मैदानमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको छ । नेपाल अन्तिम ओभरमा १० रन निकाल्न चुके । नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसंग ४ रनले पराजित भएको छ । भारी संख्यामा वानखेडे स्टेडियममा पुगेका नेपाली समर्थकहरुलाई जित निकाल्ने विश्वास थियो । टस जितेर पहिलो ब्याटिग रोजेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८५ रन बनाएका थिए । नेपालले लक्ष्य पछ्याउँदा ५ विकेट गुमाएर २० ओभरमा १ सय ८० रन मात्र बनाउन सके । अन्तिम ओभरमा १० रन चाहिएको थियो । सेट ब्याटस्म्यान लोकेश बम क्रिजमा थिए । तर ६ बलमा ६ रन मात्र बनाउन सके ।लोकेश क्रिजमा रहेकाले नेपालले जित निकाल्नेमा समर्थकहरु विश्वस्त थिए ।

साम करानको पहिलो बलमा डट खेलेका लोकेशले दोस्रो बलमा १ रन जोडे । करण केसीले पनि १ रन लिएर लोकेशलाई स्ट्राइक दिए । लोकेशले त्यसपछि २ रन लिए । त्यसपछि एक बल डट भयो भने अन्तिम बलमा ६ रन चाहिँदा १ रन मात्र आयो । इंग्ल्याण्डले खडा गरेको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली ब्याटर कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाएका थिए । चौथो ओभरमा आसिफ शेख आउट भएपछि नेपालले लगत्तै छैटौं ओभरमा कुशल भुर्तेललाई पनि गुमायो । भुर्तेलले १७ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा २९ रन जोडेका थिए । ओपनर भुर्तेल र आसिफ आउट हुँदा नेपालले दुई विकेटको क्षतिमा ४२ रन जोडेका थिए । त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपालको इनिङ्सलाई अघि बढाएका थिए । तेस्रो र चौथो विकेटको जोडीले तेस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए ।

पौडेल र एरीको साझेदारीले इंग्लयाण्डलाई दबामा राखेको थियो । १५औं ओभरमा दीपेनेद्र साम करनको बलमा आउट भएपछि सेट जोडी भत्किएको थियो । दीपेन्द्रको रुपमा नेपालले तेस्रो विकेट गुमाए । नेपालका लागि टी– २० आईमा २ हजार रन पूरा गर्ने पहिलो खेलाडी उनी बन्न सफल भए । दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्काको सहयोगमा ४४ रन बनाए । उनले ४४ रन बनाएपछि टी२०आईमा २ हजार रन पूरा भएको हो । दीपेन्द्र आउट भए लगत्तै कप्तान रोहित पनि ३९ रन बनाएर आउट भएका थिए । ३४ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । आरिफ शेखले ८ बलमा १० रनमात्र बनाउन सके ।त्यसमा उनले एउटा छक्का प्रहार गरेका थिए । बलिङमा इंग्ल्याण्डका लागि लियम डसनले २ विकेट लिएका थिए । टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको नोक्सानमा १ सय ८४ रन बनाएका थिए । इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५५ रन बनाए ।

कप्तान ह्यारी ब्रुकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाएका थिए । विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाए । उनले १ चौका र ४ छक्कासहित फिनिसिङ गरे । ओपनर फिल साल्टलाई नेपालका शेर मल्लले आफ्नो पहिलो बलमै आउट गरे । साल्ट चाँडै आउट भए लगतै विकेट झर्ने क्रम चलेको थियो । इंग्ल्याण्डको स्कोर एक समय ३ विकेटको क्षतिमा ५७ रन मात्र थियो । कमजोर अवस्थामा रहेको स्थितिमा बेथेल र कप्तान ब्रुकले चौथो विकेटका लागि ७१ रनको साझेदारी बनाएर इनिङ्सलाई सम्हालेका थिए । बलिङमा नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २÷२ विकेट लिएका थिए । आइसीसी टी– २० विश्वकपमा पहिलो म्याच खेलेका शेर मल्लले पहिलो बलमा नै १ विकेट लिएका थिए । सन्दीप लामिछानेले पनि १ विकेट लिएका थिए । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: