Loktantra Khabar National Weekly
Ad

हक–अधिकार र विकासका लागि अघि बढ्ने प्रतिबद्धता–डा. सरोज

लोकतन्त्र खबर
२५ माघ २०८२

नेहा चौधरी–
सर्लाही २४ माघ । नेपाली कांग्रेसबाट सर्लाही निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. सरोज यादवले सर्लाहीका जनताको हक–अधिकार, पहिचान, विकास र सर्लाहीका जनताको समृद्धिका लागि दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 

सर्लाहीको २ नम्बर क्षेत्रमा घरदैलो कार्यक्रममा बोल्दै उहाँले आफू यसै क्षेत्रमा जन्मिएकोले यस क्षेत्रको धेरै माया लागेको छ । यहाको समस्या आफुलाई राम्रो संग थाह छ । समस्या समाधानको खाका तयार गरेर चुनाब लडेको छु । जिल्लावासी जनताको हितमा काम गर्नका लागि आफु प्रतिबद्ध भएर लाग्ने घरदैलो कार्यक्रममा वहाले जनताको अगाडी प्रतिज्ञा लिनु भयो ।

 

जनतालाई विश्वास दिलाउँदै प्रतिबद्धता व्यक्त गर्नुभयो—हक–अधिकारका पक्षमा अन्तिम समयसम्म लडिरहने, विकास र समृद्धिका लागि जनतासँगै संघर्ष गर्ने तथा व्यक्तिगत रूपमा पनि समस्या, अन्याय वा दुःख–अप्ठ्यारो पर्दा यहाको जनताको साथमा उभिने वहाले सबैको अगाडी प्रतिज्ञा लिदै भने ।

 

चुनाव आएपछि मात्रै आउने, भोट माग्ने र पछि हराउने खालको राजनीती अब बदल्नुपर्ने उल्लेख गर्दै जनताको सेवा, न्याय, अधिकार र विकासको राजनीति अघि बढाउने प्रतिबद्धता डा. सरोज यालवले व्यतm गर्नुभयो ।

केहि दिन यता देखि प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. सरोज यादवको घरदैलो कार्यक्रममा जनताको सहभागिता बढदै गएको छ ।

 

वहाको घरदैलो कार्यक्रममा जनलहर समेत बढदै गएकोले डा. यादवको पक्षमा आम जनताको चासो बढदै गएको स्थानीयहरुको भनाई छ ।

 

मतदाताको चासो बढदै गएकोले सर्लाही २ नम्बर क्षेत्रबाट नेपाली कांग्रेसका शिक्षित तथा प्रभावशाली उमेदवार डा. सरोज यादव अहिले सर्लाही क्षेत्र नं. २ का जनताको पहिलो पसंन्द बन्दै गएको स्थानीयहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: