वीरगञ्ज । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला नौ हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज तोलामा चार हजार दुई सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँ पुगेको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९५ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा चार हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार सात सय १० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ७० रूपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार आठ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । सौजन्य यात्रा डेली
प्रतिक्रिया दिनुहोस्:

