Loktantra Khabar National Weekly
Ad

दुई मेयर एमालेमा प्रवेश

लोकतन्त्र खबर
२२ माघ २०८२

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भएका पर्सा जिल्लाका दुई जना स्थानीय तहका मेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । वीरगञ्जमा मंगलबार एक कार्यक्रमबीच वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र बहुदरामाई नगरपालिकाका मेयर सिंहासन साह तेलीले एमाले प्रवेश गरेका छन् । पर्सा जिल्लास्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल) ले मेयरद्वय सिंह र साहलाई एमाले पार्टी प्रवेश गराउँदै फुलमाला लगाएरु स्वागत गरेका थिए । मेयरद्वय सिंह र साहले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप कुमार यादव निकट मानिन्छन् । पूर्वमन्त्री यादवको राजनीतिक यात्रासंगै उनीहरू पनि पार्टी परिवर्तन गर्दै आएको राजनीतिक वृत्तमा चर्चा छ । यसअघि पूर्वमन्त्री यादवले जसपा नेपालबाट अलग भइ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी गठन गर्दा पनि उनीहरू यादवकै साथमा रहेका थिए । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: