Loktantra Khabar National Weekly
Ad

साउथ सुपरस्टार रामचरणलाई जुम्ल्याहा सन्तान

लोकतन्त्र खबर
२० माघ २०८२

हैदरावाद । साउथ फिल्मका सुपरस्टार रामचरण दोस्रो पटक पिता बनेका छन्। उनकी पत्नी उपासना कोनिडेलाले ३१ जनवरीमा हैदरावादस्थित अपोलो अस्पतालमा जुम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् ।

रामचरणका पिता एवं दिग्गज अभिनेता चिरञ्जीवीले सामाजिक सञ्जालमार्फत यो खुसीको खबर सार्वजनिक गर्दै उपासनाले एक छोरा र एक छोरीलाई जन्म दिएको जानकारी दिएका छन्। चिरञ्जीवीले आफ्नो आधिकारिक ’एक्स’ (ट्विटर) अकाउन्टमा लेखेका छन्, “अत्यन्तै खुसी र हृदयदेखिको आभारका साथ हामी यो जानकारी गराउँदछौँ कि रामचरण र उपासनालाई जुम्ल्याहा सन्तान, एक छोरा र एक छोरीको आशीर्वाद प्राप्त भएको छ। आमा र दुवै बच्चाको स्वास्थ्य अवस्था राम्रो छ। हजुरबुबा–हजुरआमाका रूपमा यी साना पाहुनालाई परिवारमा स्वागत गर्न पाउनु हाम्रा लागि शुद्ध आनन्द र ईश्वरीय आशीर्वादको क्षण हो ।’

खुसीको खबर पाएपछि रामचरण आफ्नी जेठी छोरी क्लिन कारालाई लिएर अपोलो अस्पताल पुगेका थिए। अस्पताल बाहिर मिडिया र प्रशंसकको ठुलो भीड जम्मा भएको थियो । रामचरण र उपासनाले सन् २०१२ मा विवाह गरेका थिए। विवाहको ११ वर्षपछि सन् २०२३ मा उनीहरूले जेठी छोरी क्लिन कारालाई स्वागत गरेका थिए । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: