Loktantra Khabar National Weekly
Ad

आज पनि तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ,

लोकतन्त्र खबर
२० माघ २०८२

काठमाडौं, १९ माघ । नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम छ । हिजो आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ कायम थियो । सोमबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आइतबार तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको चाँदी सोमबार तोलामा ३ सय रुपैयाँ घटेर ५ हजार २ सय रुपैयाँ कायम छ । सौजन्य अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्: