मुम्बई प्रहरीले घटना आइतबार बिहान करिब ३ बजे भएको बताएको छ । अज्ञात आक्रमणकारीहरूले चार राउन्ड गोली हानेपछि जुहुस्थित रोहित शेट्टीको घरवरिपरि सुरक्षाकर्मी तैनाथ गरिएको छ । मुम्बईको जुहु क्षेत्रमा उनीसहित बलिउडका धेरै जना सेलिब्रेटी बस्छन् । शेट्टीको घरबाहिर गोली हान्ने आक्रमणकारीहरूको पहिचान गर्न प्रहरीले हरेक कोणबाट अनुसन्धान गरिरहेको छ । अहिलेसम्म आक्रमणको कारण थाहा हुन सकेको छैन भने कसैले पनि घटनाको जिम्मेवारी लिएको छैन । यसअघि सलमान खानलगायत अन्य बलिउड सेलिब्रिटीका घरमा पनि गोली हानिएका छन् । सन् २०२४ अप्रिल १४ मा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा पनि गोली चलेको थियो। जसको जिम्मेवारी उनलाई मार्ने धम्की दिइरहने लरेन्स बिश्नोई ग्याङले लिएको थियो । यस्तै केही समयअघि भारतीय कमेडियन तथा अभिनेता कपिल शर्माको क्याफे (क्यानडा) मा तीनपटक गोली प्रहार गरिएको थियो। त्यसको जिम्मेवारी पनि लरेन्स बिश्नोई ग्याङले लिएको थियो । सौजन्य नेपालखबर

