Loktantra Khabar National Weekly
Ad

मधेश प्रदेश सभामा पहिलो पटक मातृभाषा

लोकतन्त्र खबर
१९ माघ २०८२

मधेश प्रदेश सभाका सभामुख रामआशिष यादवले पहिलो पटक प्रदेश सभाको बैठक मातृभाषामा सञ्चालन गरेका छन् ।

नवनिर्वाचित सभामुख यादवले आफ्नो कार्यकालमा पहिलोपटक बसेको प्रदेशसभाको बैठकमा मातृभाषा मैथिली भाषामा शुरुवात गरे । प्रदेश सभा स्थापना भएको करिब आठ वर्षपछि सभामुख यादवले मातृभाषामा सदनमा कार्यसूची अघि बढाउँदै सभाको उद्देश्य र भूमिकाबारे प्रस्ट धारणा राखे ।

सो सदनको प्रारम्भिक चरणमा मैथिली भाषा प्रयोग गरिए पनि दोस्रो चरणदेखि भने बैठक नेपाली भाषामा सञ्चालन गरिएको थियो । सभामुख यादवले मधेश प्रदेशको कामकाजी भाषा अहिलेसम्म औपचारिक रूपमा नतोकिदा विभिन्न भाषालाई समेट्ने प्रयास गरिएको बताइन्छ ।

प्रदेश सभाको पहिलो बैठकमै भाषाको विषयलाई लिएर भइरहेको विवादलाई साम्य पार्नका लािग पनि मातृभाषामै सदनको विभिन्न कामकारबाहीहरुलाई अघि बढाउनुपर्ने अपरिहार्य रहेको सभामुख यादवको भनाइ छ ।

उनले मातृभाषाको सम्मान र सम्पूर्ण प्रदेशसभा सदस्यलाई सहज हुने वातावरण निर्माण गर्नका लागि पनि मैथिली र नेपालीलगायतका भाषाको प्रयोग गरिएको बताए । सौजन्य जनकपुर टुडे

प्रतिक्रिया दिनुहोस्: