Loktantra Khabar National Weekly
Ad

सयौँ नेता–कार्यकर्ताहरू जसपा छाडेर एमाले प्रवेश

लोकतन्त्र खबर
१८ माघ २०८२

वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–११ र १३ का जनप्रतिनिधिसहित सयौँ नेता तथा कार्यकर्ताहरूले जनता समाजवादी पार्टी (जसपा) नेपाल र अन्य दल परित्याग गर्दै नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

वीरगञ्ज–११ का वडाध्यक्ष अजयकुमार बारै (चौरसीया), वडा सदस्य जगनलाला महतो धानुक, गौदमी देवी, वीरगञ्ज–१३ का पूर्व वडाध्यक्ष तूफान फारुक अन्सारी तथा निर्वाचित वडा सदस्य लाल मोहम्मद मन्सुरी लगायतका नेताकार्यकर्ताहरू जसपा छाडेर एमालेमा आएका हुन् । उनीहरूलाई पूर्व मन्त्री तथा पर्सा–१ बाट नेकपा (एमाले) प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले फूलमालाले स्वागत गरेका छन् ।

कार्यक्रममा वडाध्यक्ष चौरसीयाले जसपा नेपालले मधेस मुद्दालाई केवल सत्ता केन्द्रित राजनीति गर्न प्रयोग गरेको आरोप लगाउँदै, देश र जनताको हितका लागि दृढ नेतृत्व केपी शर्मा ओली र नेकपा (एमाले) मा रहेको बताए ।

वीरगञ्ज–१३ का निवर्तमान वडाध्यक्ष अन्सारीले भने, देशी तथा विदेशी शक्तिहरूको इशारामा देश अस्थिर बनाउने षड्यन्त्र भइरहेको दाबी गर्दै, जनताको हित र राष्ट्रिय स्वाभिमानका लागि एमाले प्रवेश गरेको स्पष्ट पारे । पूर्व मन्त्री प्रदीप यादवले आफू पनि राजनीतिक हिंसापछि एमालेमा आएको बताए। उनले जेन–जी आन्दोलनपछि विदेशी दबाब अन्त्य गर्न र राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन केपी शर्मा ओलीको नेतृत्व प्रभावकारी भएको उल्लेख गरे । कार्यक्रममा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समितिका पूर्व सभापति नेक मोहम्मद अन्सारी लगायतको पनि उपस्थिति रहेको थियो । सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: