Loktantra Khabar National Weekly
Ad

अमेरिकाद्वारा इरानलक्षित अत्याधुनिक युद्धपोत परिचालन

लोकतन्त्र खबर
१७ माघ २०८२

अमेरिकाले इरानलाई लक्षित गरेर मध्यपूर्वमा अत्याधुनिक युद्धपोत परिचालन गरेको छ। इरानलाई परमाणु वार्ताको अन्तिम चेतावनी दिएको केही समयमा अमेरिकाले आफ्नो अत्याधुनिक र शक्तिशाली युद्धपोत यूएसएस डेलबर्ट डी ब्ल्याक परिचालन गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको ढोका खुल्ला रहेको बताए तापनि सैन्य परिचालनले युद्धको आशंका बढाएको छ। यसैबीच, युरोपेली संघले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सलाई औपचारिक रूपमा ’आतंककारी संगठन’ को सूचीमा सूचीकृत गर्ने निर्णय गरेको छ ।

यो कदमले इरानमाथि थप आर्थिक र राजनीतिक दबाब सृजना गर्ने देखिएको छ । क्षेत्रीय सुरक्षा विज्ञहरूका अनुसार, खाडी क्षेत्रमा दुवै पक्षको शक्ति प्रदर्शनले तेल आपूर्ति र अन्तर्राष्ट्रिय व्यापार मार्गमा समेत असर पुग्न सक्ने खतरा बढेको छ । संयुक्त राष्ट्र संघले भने सबै पक्षलाई संयमता अपनाउन र कूटनीतिक संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ । सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: