Loktantra Khabar National Weekly
Ad

प्रथम लालबन्दी गोल्डकप आजबाट, उद्घाटन खेलमा रौतहट र सर्लाही खेल्दै

लोकतन्त्र खबर
१७ माघ २०८२

नवलपुर, १६ माघ – सर्लाहीको नवलपुरमा आजदेखि प्रथम लालबन्दी मेयर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै छ । लालबन्दी १ स्थित नवलपुर रंगशालामा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाल खेलकुद क्लब रौतहट र न्यू त्रियूगा स्पोर्टस क्लब सप्तरीले खेल्दै छन् । उद्घाटन खेल दिउँसो २ बजेपछि सुरु हुने छ । प्रतियोगिता सुरु हुनुअघि हिजो दिउँसो मात्र नवलपुर रंगशालाको मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले उद्घाटन गरिसकेका छन् । माघ २७ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले ३ लाख र उपबिजेताले १ लाख ५० हजार प्राप्त गर्ने आयोजक जीवेश्वर यूवा क्लबले जनाएको छ । प्रतियोगितामा १२ वटा टिम सहभागी छन् । लालबन्दी नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो । सौजन्य उज्यालो अभियान

प्रतिक्रिया दिनुहोस्: