Loktantra Khabar National Weekly
Ad

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्नेमा नेता निधिको जोड

लोकतन्त्र खबर
१७ माघ २०८२

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपालको प्रथम गणतान्त्रिक शहीद दुर्गानन्द झाको सपना जोगाउनका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु बताएका छन् ।
नगराईन नगरपालिकामा बिहीबार शहीद दुर्गानन्द झाको शहादत दिवसको अवसरमा धनुषा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत विभिन्न स्थानमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेता निधिले गणतन्त्रविरुद्ध देखिन थालेका गतिविधिप्रति चिन्ता व्यक्त गरे । उनले शहीदहरूको बलिदानीबाट प्राप्त लोकतान्त्रिक व्यवस्थामाथि कुनै पनि प्रकारको खतरा आउन नदिन सबै राजनीतिक शक्ति र नागरिक सचेत हुनुपर्नेमा जोड दिए ।

उनले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ स्थित लादोबेलामा रहेको शहीद झाको पूर्णकदको शालिक तथा जटहीस्थित शहीद दुर्गानन्द झा प्रवेशद्वारमाथिको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

त्यस्तै वडा नम्बर–२३ मा आयोजित श्रद्धाञ्जली तथा योग साधना शिविर कार्यक्रमको नेतृत्व स्वर्गीय नेपालीका सुपुत्र वडाध्यक्ष राघवेन्द्र साहले गरेका थिए । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: