सर्लाहीको विकासको अर्को नाम नरेन्द्र साह
(उमेदवार संगको अन्तरवार्ताको सम्पादित अंश)
सर्लाही तराईको उर्वर भूमि, बहुसांस्कृतिक समाज र ऐतिहासिक चेतनाले भरिएको जिल्ला आज पनि विकासको यात्रामा संघर्षरत छ । प्राकृतिक साधन स्रोत, मेहनती जनता र भौगोलिक सम्भावनाका बाबजुद सर्लाहीले त्यो गति लिन सकेन, जसको यहाँका नागरिक हकदार थिए ।
यसको प्रमुख कारण हो दूरदर्शी, इमानदार र जनमुखी नेतृत्वको अभाव । यही खालीपनलाई भरिदिने नाम हो नरेन्द्र साहा कलवार । आज सर्लाहीमा “विकास” भन्ने शब्द उच्चारण गर्दा नरेन्द्र साहा कलवारको नाम स्वत आउँछ ।
नरेन्द्र साहा कुनै एक दिन उदाएको नेता होइनन् । उनी संघर्ष, सेवा र समर्पणबाट निख्रिएका नेता हुन् । गाउँ टोलमा दुःख, पीडा र अभाव नजिकबाट देखेर हुर्किएका नरेन्द्रले सधैं “राजनीति सेवा हो” भन्ने मान्यतालाई आफ्नो जीवनको मूलमन्त्र बनाएको उमेदवार साहको गहकिलो भनाई छ ।
यही सोचले उनलाई सर्लाहीको राजनीतिमा फरक पहिचान दिलायो साहको भनाई छ । यसै सम्बन्ध राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सर्लाही क्षेत्र नं. ३ बाट उमेदवार बनेका साहको बारेमा वहा संग गरिएको कुराकानीको आधारमा तयार पारिएको एक रिर्पाट–
राजनीतिक यात्राः सडकदेखि संसदसम्मको संघर्ष गर्दा नरेन्द्र साहाको राजनीतिक यात्रा सजिलो थिएन । उनी सत्ता, पद वा लाभका लागि राजनीति नआएको कुरा बताउछन । समाजमा व्याप्त अन्याय, गरिबी, शोषण र राज्यको उपेक्षा विरुद्ध आवाज उठाउँदै राजनीतिमा होमिएको उनको भनाई छ ।
सुरुमा स्थानीय स्तरमा युवाहरूलाई संगठित गर्दै, किसान र मजदुरका समस्या उठाउँदै उनी सार्वजनिक जीवन आफुले पहिचान बनाउन कठिन परिश्रम गरेको साहको कथन छ । सर्लाहीका ग्रामीण बस्तीहरूमा वर्षौंदेखि नपुगेको सरकारी सेवा, सिँचाइको अभाव, शिक्षा र स्वास्थ्यको कमजोर अवस्था देखेर उनले प्रश्न गर्न थाले “राज्य आखिर कसका लागि हो ? ” यही प्रश्नले उनलाई राजनीतिक रूपमा परिपक्व बनायो ।
स्थानीय आन्दोलन, सामाजिक अभियान र जनसंघर्षमा सक्रिय हुँदै जाँदा नरेन्द्र साहा कलवार सर्लाहीका जनताको भरोसाको पात्र बनेका थिए । उनी भाषणमा मात्र होइन, व्यवहारमा पनि जनताको पक्षमा उभिने नेता हुन् भन्ने प्रमाण पटक पटक देखियो । नरेन्द्र साहा कलवारलाई राजनीतिज्ञ मात्र भन्नु अपूरो हुन्छ ।
उनी सच्चा अर्थमा समाजसेवी पनि हुन् । सर्लाहीमा विपद् पर्दा, बाढी आउँदा, आगलागी हुँदा वा महामारी फैलिँदा उनी अग्रपंक्तिमा देखिने गरेको बताउछन ।
गरिबका छोराछोरीको पढाइ, बिरामीका उपचार, विपन्न परिवारको उद्धार यी सबै काममा उनी निस्वार्थ रूपमा लागिरहे । उनले राजनीति र समाज सेवा बीचको दूरी हटाएका छन् । जनताले उनलाई “नेता” भन्दा बढी “आफ्नो मान्छे” ठान्नुको कारण यही हो । राज्यको पहुँच नपुगेका ठाउँमा उनले आफ्नै पहलमा स्वास्थ्य शिविर, शैक्षिक सहयोग र राहत वितरण गरेका छन् ।
यसले जनताको मनमा नरेन्द्र साहाप्रति गहिरो विश्वास जन्माएको नेता साहले सहज स्वरमा बोले ।
यसपालीको चुनाबमा मेरो उमेदवारी समग्र सर्लाही क्षेत्र नं. ३ का लागि कायापलटको लागि हो । यस क्षेत्रको चौतर्फी विकासका लागि मईले उमेदवारी दिएको छु । यसपाली यस क्षेत्रका जनताले आफुलाई भारि मतले विजयी गराउने छन, भनेर नेता साहले दाबी गर्नु भएको हो । नेता साह अहिले घरदैलो कार्यक्रमलाई सकृयताका साथ निरन्तरता दिनु भएको छ ।
वहाको घरदैलो कार्यक्रममा आम जनताको चासो बढदै गएको स्थानीयहरुको भनाई छ ।

