Loktantra Khabar National Weekly
Ad

टी–२० विश्वकप : भारतपछि नेपालको खेलका टिकट सबैभन्दा धेरै बिक्री

लोकतन्त्र खबर
१६ माघ २०८२

काठमाडौं, १५ माघ । आईसीसी टी–२० विश्वकप २०२६ मा नेपाली क्रिकेट टोलीको खेलका लागि टिकटको ठूलो माग देखिएको छ । मुम्बईको वाङखेडे स्टेडियममा हुने नेपालका चार खेलका टिकट बिक्री भारतपछि दोस्रो स्थानमा रहेको समाचार संस्था मिररले उल्लेख गरेको छ । टाइम्स अफ इन्डिया पत्रिकामा पनि प्रकाशित भएको समाचारमा उल्लेख भएको स्रोतका अनुसार भारतपछि नेपालका खेलका टिकट सबैभन्दा धेरै बिक्री भएका छन् । यसले नेपाली क्रिकेटको लोकप्रियता देखाएको समाचारमा उल्लेख छ । यस प्रतियोगितामा वाङखेडे स्टेडियमलाई नेपालका लागि ‘होम भेन्यू’ बनाइएको छ । नेपालले यही मैदानमा चार खेल खेल्नेछ । नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्नेछ भने फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज अनि फेब्रुअरी १७ मा स्कटल्यान्डविरुद्ध खेल्ने छ । त्यसअघि नेपालले दुई अभ्यास टी–२० खेल अनि दुई वार्म अप खेल पनि खेल्नेछ । सौजन्य अनलाइनखबर

 

प्रतिक्रिया दिनुहोस्: