Loktantra Khabar National Weekly
Ad

जसपाबाट ८ जना नेता निष्कासित

लोकतन्त्र खबर
१६ माघ २०८२

जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा निर्वाचन–२०८२ मा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै आठ जना नेतालाई पार्टीबाट निष्कासन गरिएको छ ।

संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा पार्टीको नीति, निर्णय, अनुशासन र विधानविपरीत गतिविधि गरेको ठहर गर्दै ती नेताहरूलाई तत्काल लागू हुने गरी निष्कासन गरिएको जनाएको छ ।

जसपा नेपालका अनुसार महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लाका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएपछि ती नेताहरूलाई कारबाही गरिएको छ । निष्कासित हुनेमा पर्सा क्षेत्र नम्बर १ का प्रदीप यादव, बारा क्षेत्र नम्बर २ का चन्दन कुमार सिंह र आत्माराम साह, बारा निवासी कमरुल्लाह अन्सारी, सर्लाहीका उदयकान्त मिश्र, महोत्तरी क्षेत्र नम्बर १ का हरिनारायण यादव, बारा निवासी नवल किशोर सिंह तथा महोत्तरीका डा. शिवजी यादव रहेका छन् । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: