कतिपय महिलाले दिनभरमा धेरैपटक काइँयोले कपाल कोर्ने गर्छन् । के तपाईंलाई थाहा छ, धेरै कपाल कोर्नु पनि राम्रो हुँदैन ।
धेरैपटक कपाल कोर्दा रौंका जरा कमजोर हुन्छन् । जसले गर्दा कपाल टुक्रिएर झर्न थाल्छ । त्यसैले यसो गर्नबाट बच्नुपर्छ ।
पटक पटक कपाल कोर्दा स्काल्पमा पनि हानी हुन सक्छ । यसले हेयर क्यूटिकल्सलाई पनि नोक्सान पुग्छ । कपाल खुला नराख्नुहोस् ताकि पटकपटक कोर्न परोस् ।
रक्तसञ्चार बनाइराख्न र कपाल सुल्झाउनका लागि दिनभरमा दुईपटक कपाल कोर्नु राम्रो हुन्छ । त्यस्तै चिसो कपाल पनि नकोर्नुहोस् । साथमा कपाल कोर्दा सधैं मोटो दाँत भएको काइँयोको प्रयोग गर्नुपर्दछ । सौजन्य यात्रा डेली
प्रतिक्रिया दिनुहोस्:

