Loktantra Khabar National Weekly
Ad

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, नेपाललाई कस्तो असर गर्छ ?

लोकतन्त्र खबर
११ माघ २०८२

वीरगञ्ज । नेपाली बजारमा अमेरिकी डलरको भाउले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि तय गरेको विनिमय दर अनुसार डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । केन्द्रीय बैङ्कका अनुसार शुक्रबार प्रति डलर १४६ रुपैयाँ ९२ पैसा (बिक्रीदर) रहेकोमा आज ४९ पैसाले वृद्धि भई १४७ रुपैयाँ ४१ पैसा कायम भएको छ। डलरको यो मूल्य नेपाली मुद्राको इतिहासमा हालसम्मकै महँगो हो। आजका लागि अमेरिकी डलरको खरिददर भने १४६ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

डलरसँगै अन्य प्रमुख वैदेशिक मुद्राहरूको भाउमा पनि बढोत्तरी देखिएको छ। राष्ट्र बैङ्कको विवरण अनुसार युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा पुगेको छ। यस्तै, युके पाउन्ड स्टर्लिङको बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा कायम भएको छ भने खरिददर १९८ रुपैयाँ ५८ पैसा रहेको छ ।
अन्य मुद्राहरूमा अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा तोकिएको छ। क्यानेडियन डलरको बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैङ्कहरूले तोक्ने दरमा केही भिन्नता हुन सक्ने स्पष्ट पारेको छ। डलरको भाउ यसरी लगातार बढ्दा आयातित सामान महँगो हुने भए पनि विदेशबाट रेमिट्यान्स पठाउनेहरूका लागि भने यसले थप फाइदा पु¥याउने देखिन्छ । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: