Loktantra Khabar National Weekly
Ad

मधेशमा १२ को उम्मेदवारी फिर्ता

लोकतन्त्र खबर
११ माघ २०८२

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये मधेश प्रदेशबाट १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । माघ ६ गते उम्मेदवारी दर्तागरेका मध्ये देशभरिमा ४९ जनाले उम्मेदवारी फिर्ता लिएकोमा १२ जना मधेश प्रदेशकै रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । आयोगका अनुसार प्रदेशका सिरहाबाट १, महोत्तरीबाट ४, सर्लाहीबाट २, रौतहटबाट १, बाराबाट २ र पर्साबाट २ जनाले उम्मेदवारी फिर्ता लिएको छ । फिर्ता लिनेहरुमा अधिकांश स्वतन्त्रका रहेका छन भने उनीहरुले व्यक्तिगत कारण, उम्मेदवार बन्ने इच्छा नभएको र विशेष कारण देखाउंदै उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ । उम्मेदवारी फिर्ता लिनेहरुमा सिरहा क्षेत्र नं. ४ बाट आम जनता पार्टीका विरेन्द्र प्रसाद साह, महोत्तरीको क्षेत्र नं. १ बाट स्वतन्त्रतर्फ टेकप्रसाद पोखरेल, प्रमोद कुमार साह, महोत्तरी क्षेत्र नं. ३ बाट स्वतन्त्रतर्फ राधेश्याम तिवारी, महोत्तरी क्षेत्र नं. ४ बाट स्वतन्त्रतर्फ संजय कुमार चौधरी रहेका छन् । सर्लाही क्षेत्र नं. १ बाट स्वतन्त्रतर्फ भरत थापा, सर्लाही क्षेत्र नं. ४ बाट स्वतन्त्रतर्फ महेश प्रसाद यादव, रौतहट क्षेत्र नं. ३ बाट स्वतन्त्रतर्फ अमिन्द्र राय यादव, बारा क्षेत्र नं. ४ बाट नेपाल संघीय समाजवादी पार्टीका कलामुद्दीन कवारी, डेमोक्रेट पार्टीका नरबहादुर श्रेष्ठ र पर्सा २ बाट स्वतन्त्रतर्फका राजेश्वर प्रसाद साह क्षेत्र नं. ४ बाट पिपुल्स फस्र्ट पार्टीका फिरोज अन्सारीले उम्मेदवारी फिर्ता लिएको हो । राजनीतिक दल र स्वतन्त्र गरी देशभरिमा तीन हजार ४८७ जनाले उम्मेदवारी दिएकामध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका एक पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । मधेश प्रदेशमा १ हजार ४८ उम्मेदवार ५६४ जना स्वतन्त्र उम्मेदवार रहेका थिए । स्वतन्त्र उम्मेदवार मध्ये अधिकांश डमी उम्मेदवार रहेका छन् । सौजन्य जनकपुर टुडे

प्रतिक्रिया दिनुहोस्: