Loktantra Khabar National Weekly
Ad

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

लोकतन्त्र खबर
१० माघ २०८२

सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुन तोलामा एकैदिन ९ हजार २ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । अस्ति सुनको भाउ तोलाको २ लाख ९५ हजार १ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । आज चाँदी तोलामा एकैदिन २ सय ७० रुपैयाँले बढेर तोलाको ६ हजार १ सय ९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ ५ हजार ९ सय ७० रुपैयाँ थियो । अस्ति चाँदीको भाउ अहिलेसम्मकै उच्च ५ हजार ९ सय २० रुपैयाँ थियो । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: