जनक शिक्षा सामग्री केन्द्रले अहिलेसम्म कुल १ करोड ४२ लाख आठ हजार थान मतपत्र छपाई गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाई भएको छ । कुल २ करोड ८ लाख ३ हजार थान मतपत्र छपाई गर्नुपर्ने केन्द्रले जनाएको छ । त्यसैगरी, कुल ११ हजार ४ सय ७८ बाकस मतपत्र प्याकिङ भएको छ । पछिल्लो २४ घण्टामा मात्र १ हजार २ सय २६ बाकस प्याकिङ भइसकेको केन्द्रले जनाएको छ । केन्द्रले १ करोड ९८ हजार २ सय थान नमूना मतपत्र आयोगमा पठाएको छ । सौजन्य जनकपुर टुडे
प्रतिक्रिया दिनुहोस्:

