Loktantra Khabar National Weekly
Ad

९.२३ अङ्कले बढ्यो सेयर बजार, ९ अर्ब ७ करोडको कारोबार

लोकतन्त्र खबर
९ माघ २०८२

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) परिसूचकमा सुधार देखिएको छ । यो दिन नेप्से ९.२३ अङ्कले बढेर २७१४.६१ विन्दुमा पुगेर बन्द भएको हो । बजार बढेसँगै कारोबार रकममा उल्लेख्य रहेको छ । आज दिनभरिमा कुल ३३२ कम्पनीका १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कुल १६२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ८८ कम्पनीको मूल्य घटेको छ । बाँकी १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज तीन वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले मूल्य बढ्ने कम्पनीहरूमा एसवाई प्यानल, श्रीनगर एग्रोटेक त्रिशुली जलविद्युत कम्पनी रहेका छन् । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९.९९ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत अग्रस्थानमा रहेको छ । यस कम्पनीको ४० करोड ८२ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, मञ्जुश्री फाइनान्स ३५ करोड ९४ लाख र एसवाई प्यानलको ३२ करोड ९५ लाख रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहे ।
आज बजार बन्द हुँदा कुल बजार पुँजीकरण ४५ खर्ब ५७ अर्ब ८९ करोड ९५ लाख पुगेको छ । फ्लोट मार्केट क्यापिटलाइजेसन १५ खर्ब ५३ अर्ब ६६ करोड ५२ लाख रुपैयाँ रहेको छ । सौजन्य रातोपाटी

 

प्रतिक्रिया दिनुहोस्: