Loktantra Khabar National Weekly
Ad

बैंकिङ कसुर मुद्दामा औषधि व्यवसायी सुरज चन्द्रवंशीलाई एक महिना कैद

लोकतन्त्र खबर
९ माघ २०८२

वीरगञ्ज । बैंकिङ कसुरसम्बन्धी मुद्दामा वीरगञ्जका औषधि व्यवसायी सुरज चन्द्रवंशीलाई कैद सजाय सुनाइएको छ । जिल्ला अदालत पर्साका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले बुधबार चन्द्रवंशीलाई १ महिना कैद, बिगोको ५ प्रतिशत जरिवाना तथा साँवा र ब्याजसमेत भराउने फैसला गरेको हो ।

चन्द्रवंशी वीरगञ्ज–विर्तास्थित ओम साई क्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर तथा ओम साई औषधि पसलका सञ्चालक हुन् । उनीमाथि बैंकिङ कसुरसम्बन्धी अभियोग पुष्टि भएपछि अदालतले उक्त फैसला सुनाएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला पकाहा मैनपुर गाउँपालिका वडा नम्बर–१ धोरे स्थायी घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर–२ बसोबास गर्दै आएका सुरज चन्द्रवंशीलाई गत जेठ २८ गते पक्राउ गरिएको थियो ।

पक्राउपछि पर्सा जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटी लिएर उनलाई जमानतमा छाडेको थियो । मुद्दाको अन्तिम सुनुवाइपछि अदालतले दोषी ठहर गर्दै कैद, जरिवाना तथा बिगो असुल गर्ने आदेश दिएको हो । सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: