Loktantra Khabar National Weekly
Ad

रेल्वे संग्रहालय स्थापना गर्ने तयारी, स्थलगत निरीक्षण

लोकतन्त्र खबर
९ माघ २०८२

वीरगञ्ज । वीरगञ्जस्थित बीपी उत्थान अगाडिको रेल्वे जग्गामा जनकपुरबाट रेल ल्याई रेल्वे संग्रहालय स्थापना गर्ने विषयमा आज स्थलगत निरीक्षण गरिएको छ । निरीक्षण कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह, महानगरको हरियाली संयोजक तथा सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, सरसफाइ अभियन्ता शिव गुप्ता लगायतको सहभागिता रहेको थियो । निरीक्षणका क्रममा सो स्थानमा छिटोभन्दा छिटो जनकपुरबाट रेल ल्याई संग्रहालय स्थापना गर्ने योजनाबारे विस्तृत छलफल गरिएको जनाइएको छ । रेल्वे संग्रहालय स्थापना भएमा वीरगञ्जको ऐतिहासिक तथा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।

संग्रहालयमार्फत पुरानो रेल्वे इतिहासको संरक्षण हुनुका साथै नयाँ पुस्तालाई रेल्वे विकासबारे जानकारी दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै उक्त क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउने विषयमा पनि छलफल भएको बताइएको छ । महानगरपालिकाले आवश्यक समन्वय र प्रक्रिया अगाडि बढाई परियोजनालाई यथाशीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरेको जनाएको छ । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: