Loktantra Khabar National Weekly
Ad

मुख्यमन्त्री यादव आँखा उपचार केन्द्रलाई २ करोड बढीको सहयोग दिइँदै

लोकतन्त्र खबर
८ माघ २०८२

लालबन्दी, ०७ माघ – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगिलाल रायलगायत अहिले बिहान लालबन्दी आउँदै छन् । लालबन्दी ५ स्थित जरुवा पानीमा नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले संचालन गरिरहेको आँखा उपचार केन्द्रका लागि लायन्स क्लब्स इन्टरनेशनलले उपलब्ध गराएको २ करोड २० लाख बराबरको उपकरणहरु हस्तान्तरण कार्यक्रममाा मुख्यमन्त्री, स्वास्थ्य मन्त्री लगायत आउन लागेका हुन् । आफूहरु कार्यक्रमको सबै तयारी पूरा गरेर आमन्त्रित अतिथिहरुलाई स्वागतका लागि कुरिरहेको आयोजक क्लबका राजकुमार न्यौपानेले उज्यालो अभियानसँग बताए । सौजन्य उज्यालो अभियान

प्रतिक्रिया दिनुहोस्: