मधेश प्रदेशमा प्रतिनिधिसभा सदस्यको ३२ सिटका लागि ५ सय ७१ जनाले मनोनयन दर्ता गराएका छन् । १५ वटा राजनीतिक दल र स्वतन्त्र गरी १ हजार ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पर्सामा १०९, बारामा ११२, रौतहटमा १४३, सर्लाहीमा १३९, महोत्तरीमा १४३, धनुषामा १५८, सिरहामा १३९ र सप्तरीमा १०५ जनाले मनोनयन दर्ता गराएको मधेश निर्वाचन आयोगले जनाएको छ । मधेश प्रदेशबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु साह गरी पाँच जना पार्टी अध्यक्षले मनोनयन दर्ता गराएका छन् । सर्लाही– ४ बाट सभापति थापा, सर्लाही– २ बाट महतो, सप्तरी– ३ बाट जसपा नेपालका अध्यक्ष यादव, सप्तरी– २ बाट जनमतका अध्यक्ष राउत, रौतहट– ३ बाट अध्यक्ष साहले मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसबाट सप्तरी जिल्लाको सप्तरी– १ बाट रामदेव साह, सप्तरी– २ बाट रामकुमार यादव, सप्तरी– ३ बाट दिनेशकुमार यादव, सप्तरी– ४ बाट तेजुलाल चौधरी रहेका छन् । सिरहा– १ बाट रामसुन्दर चौधरी, सिरहा– २ बाट रामचन्द्र यादव, सिरहा– बाट सुभाषचन्द्र यादव र सिरहा– ४ बाट चन्द्रकलाकुमारी यादव रहेका छन् । धनुषा– १ बाट रामपल्टन यादव, धनुषा– २ बाट दिनेश प्रसैला, धनुषा– ३ बाट विमलेन्द्र निधि र धनुषा– ४ बाट महेन्द्र यादव रहेका छन् । महोत्तरी– १ बाट मुकेशराज काफ्ले, महोत्तरी– २ बाट किरण यादव, महोत्तरी– ३ बाट बजरंग नेपाली र महोत्तरी– ४ बाट महेन्द्रकुमार राय रहेका छन् । सर्लाही– १ बाट शम्भुलाल श्रेष्ठ, सर्लाही– २ बाट डा. सरोज यादव, सर्लाही– ३ बाट विनोद खनाल र सर्लाही– ४ बाट गगनकुमार थापा रहेका छन् । त्यस्तै रौतहट– १ बाट अनिलकुमार झा, रौतहट– २बाट फिर्दोश आलम, रौतहट– ३ बाट रामकृपाल यादव र रौतहट– ४ बाट देवप्रसाद तिमिल्सिना रहेका छन् । बारा– १ बाट शम्भु बुढाथोकी, बारा– २ बाट भैयाराम चौधरी, बारा– ३ बाट फरमुल्लाह मन्सुर र बारा–४ बाट श्यामबाबु गुप्ता रहेका छन् ।
त्यस्तै पर्सा– १ बाट अनिलकुमार रूंगटा, पर्सा– २ बाट अजय चौरसिया, पर्सा– ३ बाट सुरेन्द्रप्रसाद चौधरी र पर्सा– ४ बाट रमेश रिजाल रहेका छन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी(नेकपा) बाट मधेश प्रदेशको सप्तरीबाट सप्तरी– १ मा रविन्द्र चौधरी, सप्तरी– २ बाट सुर्यनाथ प्रसाद यादव, सप्तरी– ३ बाट अरुण कुमार साह, सप्तरी– ४ बाट रुवी कुमारी कर्ण रहेकी छन् । भने सिराहा जिल्लाको सिरहा– १ बाट रामचन्द्र यादव, सिरहा– २ बाट मुक्ति सिंह, सिरहा– ३ बाट विश्वनाथ साह, सिरहा– ४ बाट अजय शंकर नायक रहेका छन् । त्यस्तै धनुषा जिल्लाको धनुषा– १ बाट मातृका प्रसाद यादव, धनुषा– २ बाट रामचन्द्र झा, धनुषा– ३ बाट राम ललित मण्डल, धनुषा– ४ बाट संजय कुमार महतो रहेका छन् । महोत्तरी जिल्लाको महोत्तरी– १ बाट गिरिराजमणि पोख्रेल, महोत्तरी– २ बाट लक्ष्मण यादव, महोत्तरी– ३ बाट राजकिशोर साह सुडी, महोत्तरी– ४ बाट भरतप्रसाद साह रहेका छन् । त्यस्तै सर्लाही– १ बाट प्रमोद साह, सर्लाही– २ बाट महिन्द्र राय यादव, सर्लाही– ३ बाट नारायणकाजी श्रेष्ठ, सर्लाही– ४ बाट रगनिस राय यादव रहेका छन् ।
रौतहट जिल्लाको रौतहट– १ मा माधब कुमार नेपाल, रौतहट– २ बाट किरण साह, रौतहट– ३ बाट पुनम देवी यादव, रौतहट– ४ बाट रामकुमार भट्टराई रहेका छन् । बारा जिल्लाको बारा– १ बाट सन्तोष दंगाल, बारा– २ बाट रमेश प्रसाद यादव, बारा– ३ बाट भरत प्रसाद साह, बारा– ४ बाट अजय कुशवाहा रहेका छन् । त्यस्तै पर्सा– १ बाट अजय चौरासिया, पर्सा– २ बाट मनोज चौधरी, पर्सा– ३ बाट छोटेलाल यादव, पर्सा– ४ बाट जयप्रकाश थारु रहेका छन् । त्यस्तै नेकपा एमालेले सप्तरीको सप्तरी –१ बाट सुमनराज प्याकुरेल, सप्तरी – २ मा मो. ज्याउल रहमान, सप्तरी – ३ मा ताराकान्त चौधरी, सप्तरी –४ मा गंगा प्रसाद चौधरी, सिरहा– १ मा रामशंकर यादव, सिरहा– २ मा नवीन कुमार यादव, सिरहा– ३ मा लिलानाथ श्रेष्ठ, सिरहा– ४ मा बिल्टू साहले उम्मेदवारी दिएका छन् ।
धनुषा– १ मा रामचन्द्र मण्डल, धनुषा– २ मा उमाशंकर अरगरिया, धनुषा– ३ मा जुलीकुमारी महतो, धनुषा– ४ मा रघुवीर महासेठ, महोत्तरीको महोत्तरी– १ मा लक्ष्मी महतो, महोत्तरी– २ मा कासिम नदाफ, महोत्तरी– ३ मा मनोज कुमार सिंह, महोत्तरी– ४ मा निलम अधिकारी र सर्लाहीको सर्लाही– १ मा मनोज कुमार देवकोटा, सर्लाही– २ मा नागेश्वर साह, सर्लाही– ३ मा हरिप्रसाद उप्रेती, सर्लाही– ४ मा अमनिस कुमार यादवले उम्मेदवारी दिएका छ्न । त्यस्तै रौतहट– १ मा अजय कुमार गुप्ता, रौतहट– २ मा शेख अतिउल्लाह, रौतहट– ३ मा कुन्दन कुशवाहा, रौतहट– ४ बाट रामजी साह, बाराबाट क्षेत्र नं. १ मा अच्युत मैनाली, क्षेत्र नं. २ मा बलवीर चौधरी, क्षेत्र नं. ३ ज्वाला कुमारी साह, क्षेत्र नं. ४ मा कृष्णकुमार श्रेष्ठ (निसान) र पर्सा क्षेत्र नं. १ मा प्रदीप यादव, क्षेत्र नं. २ मा रिमा यादव, क्षेत्र नं. ३ मा रुपेश पाण्डे, क्षेत्र नं. जालिम मियाँ अन्सारीले उम्मेदवारी दिएका छन् । त्यस्तै रास्वपाबाट धनुषा–१ बाट किशोरी साह, धनुषा–२ बाट रामविनोद साह, धनुषा–३ बाट मनीष झा र धनुषा–४ बाट राजकिशोर महतो रहेका छन् । महोत्तरी–१ बाट प्रमोद महतो, महोत्तरी–२ बाट दीपक साह, महोत्तरी–३ बाट उज्ज्वल झा र महोत्तरी–४ बाट गौरीकुमारी यादव रहेका छन् । सर्लाही–१ बाट नितिमा कार्की, सर्लाही–२ बाट रविन महतो, सर्लाही–३ बाट नरेन्द्र साह कलवार र सर्लाही–४ बाट अमरेश सिंह रहेका छन् । सौजन्य जनकपुर टुडे

