Loktantra Khabar National Weekly
Ad

एकताको प्रतीक झण्डा मार्च सर्लाहीमा सम्पन्न, रौतहटलाई औपचारिक जिम्मेवारी हस्तान्तरण

लोकतन्त्र खबर
६ माघ २०८२

सर्लाही – २५ औँ सशस्त्र प्रहरी दिवस – २०८२ (रजत) महोत्सवको अवसरमा सुरु गरिएको सशस्त्र प्रहरी बल नेपालको पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम सर्लाहीबाट रौतहटमा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल ले पूर्वको मेची र पश्चिमको महाकालीबाट एकैसाथ सीमा क्षेत्रमा झण्डा मार्च सुरु गरेको थियो। सोही अभियानअन्तर्गत पूर्व मेचीतर्फबाट अघि बढेको झण्डा मार्च माघ २ गते महोत्तरीबाट सर्लाही प्रवेश गरेको थियो ।

सर्लाहीमा दुई दिनसम्म सीमा क्षेत्र केन्द्रित झण्डा मार्च सम्पन्न भएपछि मंगलबार साँझ सर्लाही–रौतहट सीमामा पर्ने ८८बलरा नगरपालिका–१, छन्कीटोलामा आयोजित कार्यक्रममार्फत झण्डा मार्च रौतहटलाई हस्तान्तरण गरिएको हो । सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दका अनुसार झण्डा मार्च रौतहटका सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीलाई जिम्मेवारीसहित हस्तान्तरण गरिएको हो ।

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रको सुरक्षा सुदृढीकरण गर्नुका साथै स्थानीय समुदायसँग विश्वास र सुमधुर सम्बन्ध विकास गर्ने उद्देश्यले यो झण्डा मार्च कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ । पूर्व र पश्चिम दुवै दिशाबाट सुरु भएको झण्डा मार्च कार्यक्रम अन्ततः पर्साको ठोरीमा पुगेर एकआपसमा मिलन हुने कार्यतालिका रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । सौजन्य धड्कन एफ.एम.

प्रतिक्रिया दिनुहोस्: