काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आज राजीनामा दिँदैछन् । आज राजीनामा दिएर उनी दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठकमा सहभागी हुँदैछन् ।
फागुन २१ मा तय भएको प्रतिनधिसभा सदस्य निर्वाचनका लागि बालेन झापा–५ बाट उम्मेदवार बन्ने चर्चा छ । उनले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने चर्चा चले पनि यसको टुंगो भने लागेको छैन । आजको बैठकले बालेनसहित अन्य उम्मेदवारको टुंगो लगाउनेछ ।
बालेन भोलि माघ ५ गते जनकपुरमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । उनीसँगै रास्वपाका सभापति रवि लामिछाने र अन्य केही नेताहरू पुग्ने जनाइएको छ । त्यसपछि, उनी पर्सी झापा प्रस्थान गर्नेछन् । सौजन्य जनकपुर टुडे
प्रतिक्रिया दिनुहोस्:

