Loktantra Khabar National Weekly
Ad

साफ पुरुष फुटसलमा नेपालले श्रीलंकालाई हरायो

लोकतन्त्र खबर
४ माघ २०८२

नेपाली राष्ट्रिय पुरुष टोलीले ७ वर्षपछि अन्तर्राष्ट्रिय जित हात पारेको छ । थाइल्याण्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा जारी साफ पुरुष फुटसल च्याम्पियनसिपमा नेपालले शुक्रबार श्रीलंकालाई २–१ ले हराएको हो । नेपालको जितमा सरोज तामाङले दुई गोल गरे । खेलको १०औं मिनेटमा मोहमेद साजनले गोल गर्दै श्रीलंकालाई अग्रता दिलाएका थिए। तर नेपालले पाँच मिनेटपछि नै बराबरी गोल फर्कायो । सरोज तामाङले बराबरी गोल गरेका थिए । त्यसपछि सरोजले दोस्रो हाफमा निर्णायक गोल गर्दै नेपाललाई जित दिलाएका हुन । जितसँगै नेपाल तीन अंक बटुल्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

आईसीसी महिला टी–० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली भने दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ। हिजो सम्पन्न खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १३७ रनको लक्ष्य अमेरिकाले पाँच बल बाँकी रहँदा चार विकेट गुमाउँदै पूरा गयो ।

अमेरिकाका लागि चेतना पगड्यालाले अविजित रहँदै सर्वाधिक ५६ रनको योगदान गरिन् । नेपालका लागि रिया शर्मा, सुमन विष्ट र रुविना क्षेत्रीले एक–एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको थियो। यसअघि नेपाल पहिलो अभ्यास खेलमा पनि आयरल्याण्डसँग ९९ रनले परजित भएको थियो। सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: