Loktantra Khabar National Weekly
Ad

छोराले गरे आमाको हत्या

लोकतन्त्र खबर
४ माघ २०८२

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमिमा छोराले आफ्नै आमाको हत्या गरेका छन् । शुक्रबार राति मध्यपुर थिमि नगरपालिका– ३ मा २७ वर्षीय प्रवीण भण्डारीले ५० वर्षीय सरिता भण्डारीको हत्या गरेका हुन् । प्रविणले शुक्रबार राति करिब ११ बजे आमा सरिताको हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘प्रवीणलाई डिप्रेशन भएको भन्ने बुझिएको छ । शुक्रबार उनले आमाको हत्या गरेको पुष्टि भएको छ । उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा सरिताको मृत्यु भएको हो ।’ घटनामा प्रवीण पनि घाइते भएको र उनको पनि उपचार भइरहेको उनले बताए । धनुषाको मिथिला नगरपालिका–११ घर भएका उनीहरू मध्यपुर थिमिमा डेरामा बस्दै आएका थिए । सौजन्य रातोपाटी

प्रतिक्रिया दिनुहोस्: