Loktantra Khabar National Weekly
Ad

आफ्नो योजनामा असहयोग गर्ने राष्ट्रमाथि आयात कर बढाउने ट्रम्पको चेतावनी

लोकतन्त्र खबर
४ माघ २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड लाई अमेरिकामा गाभ्ने आफ्नो योजनामा असहयोग गर्ने राष्ट्रहरूमाथि आयात कर बढाउने चेतावनी दिएका छन् ।

ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा उहाँले राष्ट्रिय सुरक्षाका लागि ग्रीनल्याण्ड अमेरिकाका लागि रणनीतिक रूपमा महत्वपूर्ण रहेको भन्दै यसलाई जसरी पनि हासिल गर्ने अडान दोहोर् याए । ट्रम्पको यो योजनाप्रति असहमति जनाउँदै अमेरिकी सांसदहरूको एउटा सर्वदलीय टोली हाल ग्रीनल्याण्डको भ्रमणमा छ ।

टोलीका नेता सिनेटर क्रिस कोन्सले तनाव कम गर्न स्थानीय नेताहरूसँग छलफल भइरहेको बताए । यता, डेनमार्क र अन्य युरोपेली सहयोगी राष्ट्रहरूले ग्रीनल्यान्डको सार्वभौमसत्ता रक्षाका लागि सैनिक परिचालन सुरु गरेका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले सैन्य सहयोग पठाउने घोषणा गर्दै ट्रम्पको कदमले नेटो गठबन्धनलाई जोखिममा पारेको बताए ।

यद्यपि, अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोले भने डेनमार्क र ग्रीनल्यान्डका अधिकारीहरूसँग भेट गरी विवाद सुल्झाउन मध्यमार्गी बाटो खोज्ने प्रयास गरिरहेका छन् । डेनमार्कले भने ट्रम्पको चेतावनीलाई गम्भीरतापूर्वक लिँदै सुरक्षा सतर्कता बढाएको छ । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: