Loktantra Khabar National Weekly
Ad

स्वस्थ पाचन र बलियो हड्डीका लागि काँचो पनीर

लोकतन्त्र खबर
१ माघ २०८२

पनीर शाकाहारीको पहिलो रोजाई हो । वास्तवमा पनीरबाट धेरै प्रकारका परिकार बनाउन सकिन्छ । यो स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि धेरै गुणकारी हुन्छ । काँचो पनीरले स्वास्थ्यलाई धेरै फाइदा पुग्न सक्छ । काँचो पनीरमा प्रोटीन, फ्याट्स, क्याल्सियम, फस्फोरस, फोलेट र धेरै पोषक तत्त्व पाइन्छ । काँचो पनीर खानुका फाइदाबारे जानौँ । पाचनका लागि

काँचो पनीरले पाचन प्रणाली सुधार्न मद्दत गर्न सक्छ । कब्जियतको समस्याबाट पीडित हुनुहुन्छ भने काँचो पनीरलाई आफ्नो आहारमा समावेश गर्न सक्नुहुन्छ । पनीरमा आइसोटिन र सोरबिटोल तत्त्व हुन्छन् जुन पेट सम्बन्धी समस्यामा फाइदाजनक मानिन्छन् ।

हड्डीका लागि काँचो पनीरमा क्याल्सियम र फस्फोरस प्रशस्त मात्रामा पाइन्छ, जसले हड्डीलाई मजबुत बनाउन मद्दत गर्न सक्छ ।

ऊर्जा का लागि काँचो पनीरमा प्रोटीनसँगै धेरै पोषक तत्त्व पाइन्छ, जसले शरीरको थकान र कमजोरी हटाएर तपाईंलाई ऊर्जाशील राख्न मद्दत गर्न सक्छ । तौल घटाउनका लागि काँचो पनीरको सेवन तौल घटाउन पनि उपयोगी हुन्छ । पनीरमा लिनोलिक एसिडको मात्रा बढी हुन्छ, जसले शरीरमा फ्याट बर्निङ्ग प्रक्रिया तीव्र गर्न मद्दत गर्छ । छालाका लागि काँचो पनीरमा भिटामिन ए, सेलेनियम, भिटामिन ई र एन्टिअक्सिडेन्ट्सका गुण पाइन्छ, जसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: