सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ। लुटेरा समूहले सुरक्षा गार्ड रुद्र कार्कीको हात काटेर लुटपाट मच्चाएका हुन्। कर्मचारीलाई बाँधेर लुटेराले गार्डमाथि आक्रमण गर्दै लुटपाट मच्चाएको सिन्धुली प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार साँझ करिब ७ः४५ बजेतिर सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा योजनाबद्ध रूपमा लुटपाट भएको हो। लुटेराले बैंकभित्रको नगद भरेका बोरासहित जंगलतर्फ फरार भएका छन् ।
लुटपाटपछि राति स्थानीयले बोरा र पैसा फेला पारेका छन्। लुटपाट लागत्तै इलाका प्रहरी कार्यालय बस्तीपुरको टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीको नेतृत्वमा थप प्रहरी परिचालन भएको छ । प्रहरी र स्थानीय मिलेर जंगल तथा आसपासका क्षेत्रमा लुटेराको खोजी जारी राखेको छ ।
कति रकम लुटियो भन्ने आधिकारिक विवरण अझै सार्वजनिक भएको छैन । सौजन्य जनकपुर टुडे

