Loktantra Khabar National Weekly
Ad

जलवायु परिवर्तन तथा जैविक विविधता सम्बन्धि तालिम सम्पन्न

लोकतन्त्र खबर
२१ पुष २०८२

बबिता धामी–
सर्लाही २१ पुस । सर्लाही जिल्लाका महिला जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला–स्तरीय तालिम तथा संवाद कार्यक्रम मलंगवा स्थित जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा सम्पन्न उक्त कार्यक्रम  Women Rights and Resources Network (WRRN)  तथा खाद्य तथा कृषि संगठन (FAO)को संयुक्त आयोजनामा कार्यक्रम संचालन भएको हो ।

कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट सहभागिता जनाएका महिला जनप्रतिनिधिहरूलाई जलवायु परिबर्तन तथा जैविक विविधताको बारेमा आवशयक जानकारी आदान–प्रदान गरिएको थियो ।

 

महिला जनप्रतिनिधिको नेतृत्व विकास, महिला अधिकार, नीति निर्माणमा सहभागिता तथा स्थानीय तहमा महिलाको भूमिकाबारे गहन छलफल गरेका थिए ।

 

सहभागीहरूले यस्ता कार्यक्रमहरूले महिला प्रतिनिधिहरूलाई अझ सशक्त र आत्मविश्वासी बनाउने विश्वास व्यक्त गरे ।

 

आयोजक संस्थाका प्रतिनिधिहरूले महिलाको निर्णय–निर्माण प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न यस्ता तालिम तथा संवाद कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए ।

 

कार्यक्रममा आयोजक संस्थाका जलवायु विशेषज्ञ हेम पाठकले हाल विश्वव्यापी रूपमा जलवायु परिवर्तनका असरहरू तीव्र रूपमा देखिन थालेको बताए ।

 

वहाले थपदै भने यसको प्रभाव नेपालजस्तो कृषि–प्रधान देशमा अझ बढी देखिएको छ ।

 

असामान्य वर्षा, लामो खडेरी, बाढी, डुबान, शीतलहर तथा अत्यधिक गर्मी जस्ता मौसमी परिवर्तनले जनजीवन, कृषि उत्पादन, खाद्य सुरक्षालगायत महिलाको दैनिक जीवनमा प्रत्यक्ष असर पु¥याइरहेको छ ।

विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरू मौसम र जलवायु परिवर्तनबाट बढी प्रभावित हुने भएको देखिएको विशेषज्ञ पाठकको भनाई थियो ।

 

मौसम तथा जलवायु मानव जीवनका लागि अभिन्न अंग भएकाले मौसम पूर्वानुमानको जानकारी लिने, जलवायु अनुकूल कृषि अभ्यास अपनाउने, विपद् जोखिम न्यूनीकरणका उपायहरूमा सचेत रहने, स्थानीय तहसँग समन्वय गरी तयारी योजना बनाउने, अत्यन्त आवश्यक देखिएको पाठकको भनाइ थियो ।

 

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंहले कार्यक्रमको अध्यक्षता गर्दै यसतो कार्यक्रमहरूले महिला प्रतिनिधिहरूलाई मौसम तथा जलवायु परिवर्तनका चुनौतीहरू बुझ्न, समाधानका उपायहरू खोज्न तथा स्थानीय तहमा प्रभावकारी भूमिका निर्वाह गर्न महत्वपूर्ण योगदान पुर्याउने प्रमुख सिंहले बताउनु भयो ।

 

जिसस सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहाले कार्यक्रममा उपस्थित महिला जनप्रतिनिधि तथा सरोकारवालालाई जलवायु–मैत्री अभ्यास अपनाउन र सचेत रहन अनुरोध गर्नुभयो ।

 

कार्यक्रममा जिसस सर्लाहीका समन्वय अधिकारी कमल बहादुर कार्किले भने महिला प्रतिनिधिहरूले नेतृत्व विकास, महिला अधिकार, नीति निर्माणमा सहभागिता तथा स्थानीय तहमा महिलाको भूमिकाबारे गहन छलफल भएकोले यो कार्यक्रम उपलब्धि मुलक रहेको बताउनु भयो ।

 

कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमहरूले महिला प्रतिनिधिहरूलाई अझ सशक्त र आत्मविश्वासी बनाउने विश्वास व्यक्त गरे ।

आयोजक संस्थाका कार्यक्रम अधिकृत बिनिता कार्कीले महिलाको निर्णय–निर्माण प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न यस्ता तालिम तथा संवाद कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए ।

कार्यक्रममा बरहथवा नगरपालिकाका नगरप्रमुख कल्पना कटुवाल लगायत सर्लाहीका विभिन्न स्थानीयतहका उपप्रमुख तथा महिला जनप्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

 

बागमती प्रदेशका प्रदेश सभा सदस्य भारती पाठकले कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गर्दै यो कार्यक्रम महिलाहरूको लागि धेरै महत्त्वपूर्ण रहेको बताउनु भयो ।

 

कार्यक्रमको संचालन जिसस सर्लाहीका नासु संजय विकले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: