वीरगञ्ज । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलाको १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन बुधवार सुन तोलाको २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन बुधवार तोलाको ४ हजार ४७० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ४ हजार ४१५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २२ हजार ५६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको छ । सौजन्य यात्रा डेली
प्रतिक्रिया दिनुहोस्:

