Loktantra Khabar National Weekly
Ad

चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

लोकतन्त्र खबर
१६ पुष २०८२

चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बुधबार दुई नयाँ उपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ ।
‘शिजियान–२९ए’ र ‘शिजियान–२९बी’ नामका उपग्रहहरू बिहान ६ः४० बजे (बेइजिङ समय) लङ मार्च–७ए वाहक रकेटमार्फत प्रक्षेपण गरिएका हुन् । प्रक्षेपणपछि दुवै उपग्रह तोकिएको कक्षमा सफलतापूर्वक प्रवेश गरेका छन् ।
शिजियान–२९ए र शिजियान–२९बी चीनद्वारा प्रक्षेपण गरिएका प्रायोगिक (टेस्ट) उपग्रहहरू हुन्, जसको मुख्य उद्देश्य अन्तरिक्ष लक्ष्य पहिचान र अनुगमनसँग सम्बन्धित नयाँ प्रविधिहरूको परीक्षण तथा प्रमाणीकरण गर्नु हो ।
यी उपग्रहहरू लङ मार्च–७ए रकेटमार्फत वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट कक्षामा पठाइएका हुन् र भविष्यका उन्नत अन्तरिक्ष प्रणाली विकासका लागि प्रविधिक डेटा सङ्कलनमा प्रयोग गरिन्छ ।
यी परीक्षणबाट प्राप्त अनुभव र डाटाले भविष्यका निगरानी, अन्तरिक्ष सुरक्षा, कक्ष व्यवस्थापन र उन्नत अन्तरिक्ष प्रणाली विकासमा महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यी उपग्रहहरू मुख्यतः अन्तरिक्ष लक्ष्य पहिचानसँग सम्बन्धित नयाँ प्रविधिको परीक्षणका लागि प्रयोग गरिने बताइएको छ ।
यस प्रक्षेपणसँगै लङ मार्च शृङ्खलाका वाहक रकेटहरूको कुल उडान सङ्ख्या ६२३ पुगेको छ । सौजन्य अनलाइनखबर

 

प्रतिक्रिया दिनुहोस्: