Loktantra Khabar National Weekly
Ad

जाडोमा दूधमा यी प्राकृतिक चिज मिसाएर पिउनुहोस्, शरीर सधैँ न्यानो र रोगमुक्त रहनेछ

लोकतन्त्र खबर
१६ पुष २०८२

चिसो मौसममा शरीरलाई भित्रैदेखि बलियो र न्यानो राख्नु निकै महत्त्वपूर्ण हुन्छ। जाडो बढ्दै जाँदा शरीरमा विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले खानपानमा विशेष ध्यान दिनु आवश्यक छ।

विशेषगरी राति सुत्ने समयमा वा बिहान तातो दूधमा केही प्राकृतिक चिजहरू मिसाएर पिउनाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै चिसोबाट हुने सङ्क्रमणबाट बच्न सकिन्छ।

जाडोमा दूध र बेसारको मिश्रणलाई निकै प्रभावकारी मानिन्छ। बेसारमा हुने एन्टि–इन्फ्लेमेटरी गुणले रुघाखोकी निको पार्न र शरीरमा न्यानोपन ल्याउन मद्दत गर्छ।

त्यस्तै, दालचिनीको धुलो दूधमा मिसाएर पिउँदा शरीरमा रक्तसञ्चार सुधार हुनुका साथै मुटुलाई समेत स्वस्थ राख्न सहयोग पुग्छ। यसले चिसोको असरलाई कम गर्न ठूलो भूमिका खेल्छ।

शारीरिक कमजोरी हटाउन र तनाव कम गर्न अश्वगन्धा मिसाइएको दूध निकै फाइदाजनक हुन्छ। यसले शरीरलाई आन्तरिक रूपमा मजबुत बनाउनुका साथै कपाललाई समेत बलियो बनाउँछ।

त्यसैगरी, केसर मिसाइएको दूधले शरीरमा ऊर्जा भर्ने र छालालाई चम्किलो बनाउने काम गर्छ। केसरमा पाइने आइरन, पोटासियम र म्यांगनीज जस्ता तत्वले रोगसँग लड्ने शक्ति बढाउँछन्।

पाचन प्रणालीलाई दुरुस्त राख्न र चिसोका कारण हुने घाँटीको खसखस हटाउन अलैँची मिसाइएको दूध पिउनु राम्रो मानिन्छ। जाडोमा हुने जोर्नी दुखाइ र ग्यास्ट्रिकको समस्या कम गर्न सुठो (सुकेको अदुवा) मिसाइएको दूध निकै उपयोगी हुन्छ।

यसले शरीरमा प्राकृतिक रूपमै गर्माहट पैदा गर्छ। यदि निद्रा नलाग्ने समस्या छ भने दूधमा मह मिसाएर पिउनाले रातमा राम्रो निद्रा पर्नुका साथै पाचन प्रक्रियामा समेत सुधार आउँछ। सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: