Loktantra Khabar National Weekly
Ad

कक्षा १२ का विधार्थीद्धारा ११ कक्षाको विधार्थीलाई स्वागत र सम्मान

लोकतन्त्र खबर
२७ मंसिर २०८२

बखतियार अलि–
सर्लाही २६ मंसिर । मलंगवा ग्रीण लैण्ड आवासीय माध्यमिक विधालयमा अध्यणरत कक्षा १२ का विधार्थीहरुले विधालयमा पढन आएका कक्षा ११ का विधार्थीहरुलाई खादा लगाएर स्वागत र सम्मान गरेको छ । प्राय जसो देख्न र सुन्न आउछ ।

 

कलेजमा पढन आउने नया विधार्थीहरुलाई कलेजका पुरानो बिधार्थीहरुले जिस्काउने, मजाक उडाउने जस्ता परिपाटी चल्दै आएको देखिन्छ । यो कुरालाई मलंगवा स्थित लोकप्रिय ग्रीण लैण्ड आवासीय माध्यमिक विधालयका छात्रछात्राहरुले स्थापित गर्दै नया आयामको थाल्नी गरेको छ ।

 

विधालयमा कक्षा ११ मा अध्यापन गर्न नामांकन गराएका छात्रछात्राहरुलाई आफु भन्दा सिनियर विधार्थीहरुले खादा लगाएर स्वागत र सम्मान गरेपछि यस विधालयका विधार्थीहरु दंग परेको छ ।

 

विधालयका संस्थापक प्रिन्सिपल जितेन्द्र प्रसाद सिंहले शुक्रवार एउटा विशेष कार्यक्रमको आयोजना गरेर नया आएका विधार्थीहरुलाई स्वागत र सम्मान गर्न लगाएर नया संस्कार र परमपराको थाल्नी गरेको संस्थापक प्रिन्सिपल सिंहले बताउनु भयो ।

 

यस अवसरमा जिल्ला शिक्षा विकास समन्वय ईकाइका निमित प्रमुख रामवृक्ष महतोले राम्रो संस्कार र परमपराको शुरुवात गरेकोले विधालय, विधालयका प्राध्यापक र विधार्थीहरुको प्रमुख महतोले प्रशंसा गर्नुभयो । प्रमुख महतोले मलंगवा स्थित (प्लस टू) ग्रीण लैण्ड आवासीय माध्यमिक विधालय सर्लाही जिल्लामा एउटा नमुना विधालयको रुपमा रहेको उनले बताए ।

 

यो विधालयले समग्र शिक्षा क्षेत्रको विकासमा उल्लेखनीय काम गरेको छ । (प्लस टू) अध्यापन गराउने सर्लाहीका यो विधालयले विगत लामो समय देखी राम्रो राम्रो रिजल्ट ल्याउन सफल भएकोले ग्रीण लैण्ड (प्लस टू) आवासीय माध्यमिक विधालय विधार्थीहरुका लागि पहिलो रोजाईमा रहेको प्रमुख महतोले जिकिर गर्दै प्रशंसा गर्नुभयो ।

 

स्वागत र सम्मान कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित प्राध्यापक अग्रज गुरु कृपानाथ झाले शिक्षा र अध्यापकको लागि प्रसिद्ध ग्रीण लैण्ड विधालयको सफलतामा यस विधालयमा अध्यापन गराउनु हुने गुरुवरहरुको ठुलो योग्दान रहेको झाले चर्चा गर्नुभयो । वहाले थप्दै भने समय बलवान हो ।

 

विधार्थी भाईबैनीहरुले समयको कदर गर्नुपर्छ । तपाईहरुले आज समयको कदर गर्नुभयो भने समयले भोलीको दिनमा तपाईको कदर गर्नेछ । प्राध्यापक गुरु झाले कार्यक्रममा उपस्थित छात्रछात्राहरुलाई सुझाव दिनुभयो ।

 

कार्यक्रममा विभिन्न विधामा राम्रो अंकले उतिर्ण हुने छात्रछात्राहरुलाई विधालयका संस्थापक प्रिन्सिपल जितेन्द्र प्रसाद सिंहले सम्मानित गर्नुभयो । जसले गर्दा विधालयमा अध्यणरत विधार्थीहरु उत्साहित भएका थिए । कार्यक्रममा छात्रछात्राहरुले आ–आफनो प्रतिभाहरुको प्रस्तुती गरेका थिए । साथै सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

 

विधालयका संस्थापक प्रिन्सिपल जितेन्द्र प्रसाद सिंहले ग्रीण लैण्ड (प्लस टू) आवासीय माध्यमिक विधालयको सफलतामा यस विधालयमा अध्यापन गराउने प्राध्यापकहरुको ठुलो योगदान रहेको बताउदै गुरुवरहरुलाई समेत खादा ओढाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: