लोकतन्त्र समाचारदाता–
सर्लाही १९ मंसिर । आमसंचार प्रााधिकारण जनकपुरधामले सर्लाहीको सदरमुकाम मलंगवा स्थित सुजाता होटलमा एआई सम्बन्धि १ दिने तालिममा शुरू गरेको छ ।
तालिमको अध्यक्षता आमसंचार प्रााधिकारण जनकपुरधामका अध्यक्ष जितेन्द्र खडकाले गर्नु भएको हो । कार्यक्रमको प्रमुख अतिथीको रूपमा प्रदेश सभा सदस्य कौशल किशोर राय रहनु भएको छ ।
कार्यक्रमको स्वागत मन्तव्यको क्रममा नेपाल पत्रकार महासंघका सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर, पुर्ब अध्यक्ष टंक क्षेत्री र बिश्वनाथ ठाकुरले आमसंचार प्रााधिकारणको कार्यशैली कार्यक्रम प्रति प्रस्न उठाउदै असन्तुष्टी व्यक्त गरेको छ ।
अध्यक्षहरूले जानकारीको अभाव समन्वयको कमि जस्ता विषयमा असन्तुष्टी व्यक्त गरेको छ ।
आमसंचार प्रााधिकारणले जहिले पनि अचानक छोटो समयमा समन्वय बिना कार्यक्रम संचालन गर्ने गरेकोले समस्या हुने गरेको अध्यक्षहरूको भनाइ थियो ।
तालिमको अध्यक्षता समेत गरेका आमसंचार प्रााधिकारण जनकपुरधामका अध्यक्ष जितेन्द्र खडकाले जानकारी र समन्वयको कमि, कमजोर भएको कुरालाई स्विकार्दै अब यस्तो नहुने प्रतिबद्धता ब्यक्त गर्दै सर्लाहीका संचारकर्मीहरूको क्षमता विकासका लागि थप कार्यक्रमको आयोजना गर्ने अध्यक्ष खड्काले जनाएका थिए ।
एआई सम्बन्धि १ दिने तालिममा जिल्लाका लगभग २० जना बढि संचारकर्मीहरूको सहभागीता रहेको छ ।

