Loktantra Khabar National Weekly
Ad

होटलहरुमा भइरहेको अनैतिक गतिविधि – विरुद्ध स्थानीय सडकमा

लोकतन्त्र खबर
१५ मंसिर २०८२

जनकपुरधामस्थित होटल तथा गेस्ट हाउसहरूमा देहव्यापार यौनजन्य क्रियाकलाप चल्दै आएको आरोप लगाउँदै पिडाडी चोक आसपासका बासिन्दाहरु कारबाहीको माग गर्दै सडकमा उत्रेका छन् । विरोध प्रदर्शनमा उत्रेका स्थानीयहरुले होटलहरुमा भइरहेको यस्ता गतिविधिले समाजमा नकारात्मक प्रभाव परिरहेकाले तत्काल नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
जनकनगर सोसाइटी पिडाडीले देहव्यापार विरुद्ध जनचेतना अभियान सुरु गर्दै अनैतिक क्रियाकलापलाई संरक्षण दिएको भन्दै धनुषा प्रहरी प्रशासनविरुद्ध नाराबाजीसमेत गरेको छ । यौनजन्य क्रियाकलाप सञ्चालनमा संलग्न होटल तथा गेस्टहाउस सञ्चालकहरूलाई तत्काल अनौतिक क्रियाकलाप बन्द नगरिए स्थानीयस्तरमा होटल बन्द गराउने सहितका चेतावनी समेत दिएका छन् । सौजन्य जनकपुर टुडे

प्रतिक्रिया दिनुहोस्: