विराटनगर । नेकपा एमालेका नेता सुनसरीको इटहरीमा आएपछि नयाँ पुस्ताका युवा (जेनजी) हरुले सुनसरीको दुहबीमा पनि प्रदर्शन गरेका छन् ।
महेश बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार भएको गाडी क्रस भइसकेपछि दुबहीमा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरकिा डिएसपी चन्द्र खढ्काका अनुसार सडकमा बालिएको आगो प्रहरीले क्लियर गरिसकेको छ । ‘उहाँहरु क्रस भइसकेपछि टायर बालिएको थियो’, उनले भने, ‘ प्रहरीले क्लियर गरिसकेको छ ।’ विराटनगरविमानस्थल हुँदै सुनसरीको इटहरी जाने क्रममा विमानस्थल अगाडि दुई जनाको समूहले बस्नेत सवार गाडीमाथि रातो मसी प्रहार गरेको थियो । सौजन्य यात्रा डेली
प्रतिक्रिया दिनुहोस्:

