Loktantra Khabar National Weekly
Ad

पक्षपातपूर्ण ढंगले कर्मचारी हटाइएको आरोप, पुनर्वहाली गर्न माग

लोकतन्त्र खबर
२६ कार्तिक २०८२

हरिवन, २५ कात्तिक – नेकपा एमाले हरिवन नगर कमिटीले नगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलाई पक्षपातपूर्ण रुपमा हटाइएकाले तत्काल पुनर्वहाली गर्न माग गरेको छ । एमाले हरिवन नगर कमिटीका अध्यक्ष सीताराम पोखरेलको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत हेमराज फूँयाललाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरिएको हो । केही दिनअघि नगरपालिकाले सूचना प्रकाशित गरी अस्थायी, करार र ज्यालादारीमा कार्यरत केही कर्मचारीलाई हटाएको सम्वन्धमा पार्टीको ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । कार्यपालिकाबाट निर्णय नगरी उपप्रमुख हरिमाया घलानसहित कार्यपालिका सदस्यलाई जानकारीसम्म नदिई नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले मिलेमतो गरी कर्मचारी हटाएको एमाले हरिवन नगर कमिटीले आरोप लगाएको छ । नगरपालिकाको स्थापना कालदेखि कार्यरत चालक, अदालतले समेत अन्तरिम आदेश गरी भूमि आयोगलाई काम गर्न मार्ग प्रसस्त गरेको बेला त्यहाँका कर्मचारी तथा दरबन्दीमा परीक्षा पास गरी नियुक्ति पाएका स्वास्थ्यतर्फका कर्मचारीलाई राजनैतिक विभेद गरी हटाउने कार्य भएकोप्रति हाम्रो आपत्ति छ भनि एमाले हरिवन नगर कमिटीले ज्ञापन पत्र बुझाएको छ । पूर्वाग्रही आदेश फिर्ता लिई तत्काल कर्मचारीलाई पुनर्वहाली गर्न माग गर्दै माग पूरा नभए थप विरोधको कदम चाल्न बाध्य हुने एमाले हरिवन नगर कमिटीले चेतावनी दिएको छ । सौजन्य उज्यालो अभियान

प्रतिक्रिया दिनुहोस्: