सम्पादकीय राष्ट्रिय लोकतन्त्र दैनिक ।
नेपालको काया पलट कुषिबाट मात्र सम्भव रहेको छ । नेपाल एउटा लैण्डलक देश हो । कृषि प्रधान देश भनेर पनि बिश्वले नेपाललाई चिन्छन । नेपाली कृषि उत्पादनले बिश्व बजारमा राम्रो ठाउ ओगटेको छ । यसको जवलन्त उदाहरण अलैंची खेती हो । बिश्व बजारमा नेपाली अलैंचीले लगभग ६८ प्रतिशत स्थान लिन सफल भएको छ ।
संसार भरिमा उत्पादन हुने अलैंचीको ६८ प्रतिशत पुर्ती नेपाली कृषकले उत्पादन गरेको अलैंची खेतीले पुर्ती गरिरहेको छ । नेपाली किसानले आ.व. २०७९र०८० एक वर्षको अन्तरालमा १० हजार मेट्रिक टन अलैंची संसारको बिभिन्न मुलुकमा निर्यात गरि लगभग ६३ मिलियन अमेरिकन डलर आर्जन गर्न सफल भएको छ ।
नेपाली अलैंचीको मुख्य बजार भारत रहेपनि नेपाली अलैंची अमेरिका, फ्रांन्स, अष्ट्रेलिया जस्तो देशमा समेत निर्यात भएको तथ्यांक छ । राज्यको ७७ जिल्ला मध्ये ५३ जिल्लामा अहिले अलैंची खेती भईरहेको छ । हजारौं युवाहरु अहिले अलैंची खेतीमा रोजगार समेत पाएको हो ।
नेपाली कृषकलाई राम्रो आम्दानी हुन थालेपछि अलैंची खेती प्रति कृषकको आकर्षण बढदै गएको छ । राज्यले कृषिमा लगानी बढाएर कृषि क्षेत्रलाई आधुनिक रुपमा स्थापित गर्न सके नेपाली स्याउ, नेपाली जुनार, सुन्तला र अंगुरले पनि बिश्व बजारमा राम्रो स्थान लिएर देशमा विदेशी मुद्राको आर्जन गर्न ठुलो आयाम थपिने छ । जसरी अलैंचीले संसारको ६८ प्रतिशत माग पुरा गरेको छ ।
तेसरीनै नेपाली कृषि उत्पादनले संसार भरि आफनो छुटटै स्थान बनाउन सकिन्छ । नेपाली उत्पादन बिश्व बजारमा राम्रो स्थान हासिल गर्न सके नेपाल र नेपालीको कायापलट हुनेमा कुनै शंका छैन । तसर्थ सरकारले कृषि पेशालाई राष्ट्रिय पेशाको रुपमा स्थापित गरेर नेपालको कायापलट गर्न अब ढिलाई गर्नु हुदैन ।

