Loktantra Khabar National Weekly
Ad

सर्लाहीको बरहथवामा जसपा नेपालले गरे विरोध पर्दर्शन

लोकतन्त्र खबर
६ भाद्र २०८२

लोकतन्त्र समाचारदाता–
सर्लाही ५ भद्र । (जसपा) नेपालका अध्यक्षलाई फसाउन षडयन्त्र गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता कार्यकर्ताले बिहिवार साँझ सर्लाहीको बरहथवा नगरपालिकामा बसवरया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय यादव सहितका नेता कर्याकर्ताहरूले आज बिरोध प्रदर्शन गरेका छन् ।

 

१९ वर्षअघि रौतहटको गौरमा भएको हत्याकाण्डको छानबिन गर्न सर्वोच्च अदालतले परमादेश दिएपछि जसपा नेपालका नेता तथा कार्यकर्ताहरू बरहथवा नगरपालिकाका मुख्य चोकमा तुल–ब्यानर सहित चर्को नारा लगाउदै प्रदर्शन गरेका हुन् ।

 

प्रदर्शकारीहरूले ‘उपेन्द्र यादवविरुद्धको षड्यन्त्र बन्द गर, षड्यन्त्रकारी होसियार’ जस्ता नारा लगाएका छन् । जसपा नेपालका मधेस परमादेश फिर्ता नलिए आफूहरू कडा आन्दोलनमा उत्रने प्रदर्शनमा सहभागीहरूले चेतावनी दिएका थिए । कांग्रेस र एमालेका संयुक्त सरकारले पहिचानवादी शक्तिलाई कमजोर बनाउन लागिएको बताएका थिए ।

 

मधेशलाई मरुभूमि बनाउन भूमि अध्यादेश पारित नगर्दा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध बर्तमान सरकारले षड्यन्त्र गरि मुद्दा दर्ता गरेको बताए थिए ।

प्रतिक्रिया दिनुहोस्: