लोकतन्त्र समचार-
सर्लाही, साउन १७ सर्लाहीको चक्रघट्टा गाउँपालिका महिला तथा बालबालिकामाथि हुने हिंसा सम्बोधनका लागि प्रेषण प्रणाली सम्बन्धी कार्यविधि २०८२ तयार गर्ने जिल्लामै पहिलो पालिका बन्न सफल भएको छ। महिला तथा बालबालिका विरुद्ध हुने हिंसाको प्रभावकारी नियन्त्रण तथा पीडितलाई आवश्यक सेवा र संरक्षण उपलब्ध गराउने उद्देश्यसहित तयार पारिएको प्रेषण प्रणाली कार्यविधि प्रमाणिकरण पुर्व प्रारम्भिक मस्यौदा उपर शुक्रवार मलंगवास्थित होटल सुजातामा आयोजित एकदिवसीय कार्यक्रम मार्फत सबै सरोकारवालाहरु सँग छलफल तथा परामर्श गरिएको छ।
कार्यक्रममा चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवको अध्यक्षता, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्य तथा जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीको विशिष्ट आतिथ्य रहेको थियो।
सामाजिक विकास केन्द्र नेपालका कार्यकारी निर्देशक बिरेन्द्र गुप्ताका अनुसार कार्यविधि कार्यान्वयनपछि घरेलु हिंसा, यौनजन्य हिंसा, मानसिक यातना, बालविवाह, बालश्रम, साइबर अपराध, बोक्सी आरोपलगायत घटनामा कमी आउने अपेक्षा गरिएको छ। साथै, पीडितलाई मनोसामाजिक सहयोग, सुरक्षित आवास, औषधोपचार, कानुनी सहायता, शैक्षिक सहयोग, सीपमूलक तालिम तथा जीविकोपार्जनका लागि सहयोग उपलब्ध गराइनेछ।
कार्यक्रममा सामाजिक विकास केन्द्र नेपालकी अध्यक्ष खुश्बु कुमारी कुशवाहाले पारित हुने कार्यविधिले स्थानीय तहमै पीडितमैत्री सेवा सुनिश्चित गर्ने वातावरण तयार गर्ने विश्वास व्यक्त गरिन्।
त्यस्तै जिल्ला न्यायाधीश रेग्मीले कानुन बनाउँदा ूकसका लागि, कसले कार्यान्वयन गर्छ र कसरी लेखिएको होू भन्ने कुरा सधैं ध्यान दिनुपर्ने सुझाव दिए।
कार्यक्रममा चक्रघट्टा गाउँपालिकाका उपाध्यक्ष मीना यादव, जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत सुरेश दास, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बालिस्टर सिंह, महिला अधिकारकर्मी सुनिता साह, तथा गाउँपालिकाका सबै वडाका अध्यक्षहरूको उपस्थिति रहेको थियो।
त्यस्तै, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरू, सामाजिक विकास केन्द्र नेपालका कार्यक्रम अधिकृत हरिचन्द्र प्रसाद कुशवाहा,विभिन्न माध्यमिक विद्यालयका शिक्षिका तथा छात्राहरू र पत्रकारहरूको उपस्थिति रहेको थियो।
विकास केन्द्रका चन्दन कर्णले सहजिकरण गरेको कार्यक्रम चक्रघट्टा गाउँपालिकाको आयोजनामा सामाजिक विकास केन्द्र नेपाल, एब्ल्ब्ख् र ँध्ीम् को सहकार्यमा सम्पन्न भएको हो।
उक्त कार्यविधि पारित भइसकेपछि चक्रघट्टा गाउँपालिका जिल्लामा महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाको अन्त्यका लागि नीतिगत तथा व्यवहारिक रुपमा सशक्त भएर लाग्ने पहिलो स्थानीय तह बन्ने छ।

