Loktantra Khabar National Weekly
Ad

धनकौलका जनताले मौका दिए देशकै नमुना पालिका बनाएर देखाउने छु– युवा नेता साह

लोकतन्त्र खबर
१३ श्रावण २०८२

लोकतन्त्र समाचारदाता–
सर्लाही १२ श्रावण । कुर्सीको लागि मात्र होइन, जनताको चाहना बमोजिम सेवा गर्न राजनीतिकमा लागेको नेपाली कांग्रेस सर्लाहीका चर्चित युवा नेता दीपेन्द्र साहले बताउनु भएको छ ।

 

“राजनीति केवल सत्ताको लागि होइन, आम जनताको सेवाका लागि हो र यही प्रमाणित गर्न आउने चुनाबमा धनकौल गाँउपालिका सर्लाहीको गाँउपालिका अध्यक्षको उमेदवारी दिने बिचार रहेको युवा नेता साहले लोकतन्त्रलाई बताएको छ ।

 

धनकौल गाँउपालिकाको आम नागरिक, यहाका जनताको चाहना अनुसारको काम गर्न इमानदारीताका साथ जनसेवालाई मुख्य आधार बनाई उमेदवारी दिने चाहना रहेको वहाले बताएको छ ।

 

धनकौलका नागरिकसँग प्रत्यक्ष रुपमा साथमा रहेकोले यहाका जनताले अनुभूति गर्ने खालको विकास गर्ने सोचबाट प्रेरित भएर उमेदवार बन्ने चाहना रहेको युवा नेता साहले भने । उनले थप्दै भने म यहाका नागरिकको सेवामा आफुलाई समर्पित गरेको छु ।

 

राजनीति भनेको के हो र यो किन गरिन्छ भन्ने कुरा बुझ्न आमजनतालाई गाह्रो परिरहेको छ । कसैले राजनीतिलाई पेशा भन्छन्, कसैले समाजसेवा, कसैले व्यापार पनि भन्ने गरेका छन् । वास्तवमा राजनीति पेशा पनि हुन सक्दैन, व्यापार त झन् हुनै सक्दैन ।

 

असल राजनीति आफ्नो समाज र राष्ट्रको हितका लागि गरिने सामुहिक कार्य हो, जिम्मेवारी हो । सरल भाषामा भन्नुपर्दा राजनीति भनेको राज्य चलाउने एउटा व्यवस्था हो । मुलुकमा उपलब्ध स्रोत र साधनको सही तरिकाले उपयोग गरेर जनचाहना बमोजिम सेवाप्रवाह, सुविधा तथा सुरक्षा प्रदान गर्ने उद्देश्यलाई वास्तवमा राजनीति भनेको युवा नेता साहको भनाई छ ।

 

जनप्रतिनिधीले जनताले तिरेको करबाट पालिका संचालन गरेको हुन्छ । राज्यको ढुकुटी जनचाहना बमोजिम योजना तयार गरेर पालिकाको सामाजिक तथा आर्थिक विकासको लागि काम गर्नुपर्छ ।

 

मेरो बुवा रामआश्रय साह २ कार्यकाल देखि धनकौल गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ, स्थानिय चुनाव भन्दा पहिला सर्लाही जिल्लाकै दुर्गम पालिकाको रुपमा धनकौल गाँउपालिका थियो ।

 

पालिका अध्यक्षको रुपमा रामआश्रय निर्वाचित भएपछि यस पालिकामा चौतर्फी विकास भएको छ । जनतालाई हिडन बाटो थिएन बुबाले टाल–टालमा पक्की सडक बनाउनु भयो । स्वास्थ्य, शिक्षा, खानेपानी, सडक विस्तार, कृषि बाटो, लगायतका कामहरु तिब्र रुपमा भएको यहाका जनताले अनुभुती गरेको छ ।

 

बुवा रामआश्रय साहको सपना छ, धनकौल गाँउपालिका सर्लाही जिल्लाको नमुना पालिकाको रुपमा देश भरिमा चिनोस । यहाका जनताले राज्यबाट प्रवाह हुने सबै सुविधा एकमुष्ट यहाबाट पाओस बुबाको यो सपना पुरा गरेर देखाउने अटोट लिएको छु ।

 

बुबाको सपनालाई पुरा गर्न जस्तो सुकै योगदान दिने सोचमा आफु रहेको युवा नेता साहको भनाई छ । धनकौलका आम जनताले सेवा गर्न मौका दिएको खण्डमा यहाका हरेक नागरिकको सुख दुःखमा निस्वार्थ भावनाले साथ र सहयोग गर्ने आफु प्रतिबद्ध रहेको नेता साहले बताएको छ ।

 

धनकौलवासीले जसरी बुबा रामआश्रय साहलाई आफनो भरपुर माया र स्नेह दिएर दुईचोटी गाँउपालिका अध्यक्षमा निर्वाचित गराउनु भयो । मलाई पनि यहाका जनताले आफनो भरपुर माया र प्रेम दिनेछ, भनेर मईले आशा राखेको नेता साहले विश्वास व्यतm गरेको छ ।

 

जनताले मौका दिए यस पालिकालाई देशकै नमुना पालिका बनाउने छु, वहाले प्रतिबद्धता समेत व्यतm गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: