लोकतन्त्र समाचारदाता—
सर्लाही,साउन १२ संघीय सरकारले पर्सा गाउँपालिकालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेसँगै, गाउँपालिकाको कार्यपालिका बैठकले खानेपानी र सिँचाइको चपेटामा परेका सर्वसाधारणका समस्यालाई सम्बोधन गर्न तत्काल र दीर्घकालीन उपाय अघि बढाउने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष धिरेन्द्र यादव`विस्पत´ को अध्यक्षतामा भएको बैठकमा सबै वडाध्यक्षहरूलाई आफ्नो-आफ्नो वडामा खडेरीका कारण उत्पन्न समस्याहरूको यथाशीघ्र पहिचान गरी आवश्यक राहत तथा योजना प्रस्ताव गर्न निर्देशन दिइएको छ। यसैअनुसार प्रत्येक वडाबाट तथ्यांक संकलन गरी प्राथमिकताका आधारमा राहत कार्य अगाडि बढाइने बताइएको छ।
बैठकमा अध्यक्षको नेतृत्वमा संघीय तथा प्रादेशिक सरकारसँग समन्वय गर्दै बजेट र प्रविधिको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस्:

