Loktantra Khabar National Weekly
Ad

मलंगवाका अधिकांस पेट्रोल पम्पले उपभोतmा ठग्दै कारवाही गर्ने निकाय बेपता

लोकतन्त्र खबर
२३ असार २०८२

बखतियार अलि–
मलंगवा नगरपालिकामा संचालित अधिकांस पेट्रोल पम्प संचालकले उपभोतmालाई ठग्दै गरेको खबर उजागर भएको छ । मलंगवामा संचालित पेट्रोल पम्पहरुले पेट्रोल जन्य पदार्थमा मिसावट गरि बेच्ने गरेको मलंगवा वार्ड नं. १२ बस्ने रामएकवाल रायले लोकतन्त्रलाई गुनासो गर्दै बताएको छ ।

 

मिसावट युतm पेट्रोल सवारीमा राखि दिएपछि गाडी खराब भएर इन्जननै सिज भएको रायले बताए । त्यस्तै मलंगवा वार्ड नं. ६ बस्ने दिनेश यादवले भने मलंगवाका केहि पेट्रोल पम्प संचालकले पम्पको मिटर सेट गरेको छ । जसले गर्दा १ लिटर पेट्रोल किनेपछि २ सय ग्राम कम उपभोतmाले पाउने गरेको उनले बताए ।

 

एक लिटरमा २ सय ग्राम सिधा कालो बजारी गरि उपभोतmालाई ठग्ने गरेको छ । १ लिटर पेट्रोल किन्दा ग्राहकले मात्र ८ सय ग्राम पाउने गरेको यादवको भनाई छ । दैनिक रुपमा एउटा पेट्रोल पम्प संचालकले सयौं लिटर पेट्रोल ग्राहकलाई ठगेर कालो बजारी गरिरहेको उपभोतmाहरुले बताएको छ ।

 

गुणस्तर तथा नापतौल कार्यालय जनकपुरले दिएको जानकारी अनुसार नापतौल ऐन २०२५ को दफा ३० को १ अन्तर्गत पेट्रोल पम्प सञ्चालकले कम परिमाणको तेल बिक्री गरी उपभोक्तालाई ठगी गरे वा पेट्रोलजन्य पदार्थमा मिसावट गरे पेट्रोल पम्प सञ्चालकलाई दश दिनदेखि तीन महिना सम्मको कैद सजाय र १० हजार रुपैयाँ सम्म जरिवाना गरिने कानुनी प्रावधान रहेको छ ।

 

नापतौल कार्यालयले अनुगमन नगर्दा मलंगवाका केहि पेट्रोल पम्प संचालकले खुलेयाम रुपमा कालो बजारी गरिरहेको छ । कारवाही गर्ने सम्बन्धित निकाय बेपता भएपछि मलंगवामा संचालित पेट्रोल पम्पहरु धाधलीका साथ उपभोतmालाई ठग्ने काम गरिरहेको देखिन्छ ।

 

कुनै उपभोतmले बिरोध गरे उल्टै ग्राहकलाईनै धम्कियाउने गरेको मलंगवा वार्ड नं. ४ निवासी शत्रुधन महतोले दुखेसो पोखे । महतोले थप्दै भने शुद्ध पेट्रोलको मुल्य तिरेर किन्न जादा मिसावट युतm पेट्रोल दिने गरेको छ । त्यसमा पनि १ लिटरमा १ सय वा २ सय ग्राम कम पेट्रोल ग्राहकले पाउछन ।

 

यसको बारेमा जानकारी गराउदा उल्टै पेट्रोल पम्प संचालकले धमकी दिने गरेको महतो बताउछन । सम्बन्धित निकायले पेट्रोल पम्पहरुको नियमित अनुगमन नगर्दा छाडापन बढेको उपभोतmाहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: