
लोकतन्त्र समाचारदाता–
सर्लाही १४ असाढ । मलंगवा वार्ड नं. ३ निवासी स्वर्गिय राम दयाल पासवानको छोरी चन्दा पासवानको विवाह सम्पन्न भएको छ । समाजसेवी सोहन झाको सक्रियतामा पासवानको विवाह सम्पन्न भएको हो ।
स्वर्गिय राम दयाल पासवानको मृत्यु पश्चात घरको अवस्था दयनिय रहेको थियो । छोरी चन्दा पासवानको विवाह कसरी गर्ने भनेर आमा लगायत परिवारका अन्य सदस्य चिन्ता ग्रस्त भएको बेला समाजसेवी झाको पहल र सक्रियतामा धुमधामका साथ चन्दाको विवाह सम्पन्न भएपछि समाजसेवी झालाई पासवानको परिवारले देवताको संज्ञा दिदै धन्यवाद व्यतm गरेको छ ।
चन्दा पासवानको विवाहको सम्पुर्ण खर्च जोहो गरेर बुबाको जस्तै बनेर कन्यादान गरि विवाह सम्पन्न गराई दिएपछि पासवान समुदायका अगुवाहरुले समेत समाजसेवी तथा राजनीतिककर्मी झालाई कृतज्ञयता व्यतm गरेको छ । समाजसेवी झाले लोकतन्त्रलाई भने अहिले पनि हाम्रो समाजमा दलित समुदाय प्रति भेदभाव कायमै रहेको छ ।
उचनीचको लामो खाडललाई पुर्ने मनसायले आफुहरुले बुबा नभएको विपन्न दलित परिवारका छोरीलाई आफनै छोरी ठानेर मईले कन्यादान समेत गरि विवाह सम्पन्न गराए । समाजिक कुरिती भेदभाव छुवाछुत समाप्त गर्न आफुले सानो प्रयास गरेको समाजसेवी झा को भनाई रहेको छ ।