Loktantra Khabar National Weekly
Ad

टिपरको ठक्करले स्कुले छात्रको ज्यान गयो, आक्रोशित भीडले टिपरमा आगो लगाए

लोकतन्त्र खबर
१२ असार २०८२

लोकतन्त्र संवाददाता-
सर्लाही, असार १२ सर्लाहीको लालबन्दी नगरपालिका–५ मेजरगञ्जमा बुधबार राति भएको सवारी दुर्घटनामा एक स्कुले छात्रको ज्यान गएको छ। साइकल चढेर घर फर्किंदै गरेका १६ वर्षीय सचिन साह (गुप्ता) लाई  ना २ ख ५०१ नम्बरको  टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको पछि मृत्यु भएको हो।

 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार  कबिलासी नगरपालिका–८ अगर्वा   कबिलासी न.पा. ८ अगर्वा बस्ने दिनेश साहको छोरा अ. वर्ष १६ को सचिनलाई राति करिब ८ बजे पसलको सामान लिएर फर्किंदै गरेको अवस्थामा  जब्दीबाट लालबन्दीतर्फ आइरहेको    टिपरले चक्रेश्वर महादेव मन्दिर नजिकै ठक्कर दिएको थियो। उनी जनज्योति माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्दै आएका थिए।

 

घटनापछि गम्भीर घाइते भएकाौ सचिनलाई उपचारकाक्ष लागिौ प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर, चिकित्सकले उनलाई राति १० बजे मृत घोषणा गरेका थिए।

 

दुर्घटनापछि चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

किशोरको मृत्युको खबर फैलिएपछि आक्रोशित बनेका  स्थानीय बासिन्दाहरूको भिडले राती करिब ८:५० बजे दुर्घटनामा संलग्न टिपरमा आगो लगाएका थिए। आगजनीबाट टिपरको अगाडिको भाग पूर्ण रूपमा जलेर नष्ट भएको छ।

 

प्रहरीले टिपरलाई नियन्त्रणमा लिई जिल्ला ट्राफिक कार्यालय नवलपुरमा राखेको छ। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।

 

स्थानीयहरूले दोषी चालकलाई चाँडै पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्: