Loktantra Khabar National Weekly
Ad

कामै नगरी अधुरो कामको भुक्तानी माग गर्दै पुर्वाधार विकास कार्यालयमा तालाबन्दी

लोकतन्त्र खबर
३२ जेष्ठ २०८२

बखतियार अलि-
सर्लाही ३१ जेठ । अधुरो कामको भुक्तानी माग गर्दै सर्लाहीको मलंगवा स्थित पुर्वाधार विकास कार्यालयमा ठेकेदार खुसीलाल ठाकुरले ताला बन्दी गरेको छ । एम.आर.आर जे. कमल जेभि जनकपुरका ठेकेदार ठाकुरले आफुले गरेको कामको बाकी रकम भुक्तानी मागे पछि कार्यालयले आलटाल गरेको भन्दै तालाबन्दी गरेका थिए ।

 

ठेकेदार ठाकुरले मुख्यमन्त्री स्वच्छता अभियान अन्तरगत मलंगवा ७ मुसैली स्थित पोखरी सौन्दर्यकरण ठेक्कामा काम गरेको रकम भुक्तानी गर्न आलटाल गरेकोले बाध्य भएर तालाबन्दी गरिएको बताए ।

 

एक वर्ष देखि धाउदा पनि भुक्तानी नपाएको र यति भईसकदा पनि कर्मचारी, इन्जीनियर र हाकिम साबले नटेरे पछि बाध्य भएर तालाबन्दी गर्नुपरेको ठेकेदार ठाकुरको भनाई छ । उक्त ठेक्कामा गरेका कामको करिब १ करोड रुपैया भुक्तानी लिन बाकी रहेको उनको भनाई छ ।

 

मुख्यमन्त्री स्वच्छता अभियान अन्तरगत रहेको ठेक्काको रकम भुक्तानी विवादमा ठेकेदार ठाकुरले कार्यालयमा ताल्चा लगाएको पुर्वधार विकास कार्यालय मलंगवा सर्लाहीका सहायक शाखा अधिकृत कपिलदेव साहले बताए ।

 

पहिला एक चोटी प्रजिअलाई जानकारी गराउछु अनि त्यसपछि केहि गर्नु होला मैले बारम्बार हारगुहार गरेपनि ठेकेदार ठाकुरले स्थानीय केहि युवाको समुहको सहयोगमा कार्यालयमा तालाबन्दी गरेको अधिकृत साहले बताए ।

 

कार्यालयमा तालाबन्दी भएको थाहा पाएपछि आफुले ठेकेदार र कार्यालय प्रमुखलाई आवश्यक समन्वय गरेर समस्या समाधान गर्न भनि निर्देशन दिईसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले बताए ।

 

यता ठेक्का प्रक्रियामा ठेक्का लागेर काम भईरहेको करिब ५ वर्ष पुरानो योजना रहेको बताउदै यो ठेक्काको फाईल हाम्रो कार्यालयमा गत वर्ष आएको र गत वर्ष देखि अहिले सम्म उतm ठेक्कामा केहि पनि काम नभएको पुर्वाधार विकास कार्यालय सर्लाहीका प्रमुख इ.विजय यादवले बताए ।

 

पुरानै भएको कामको भुक्तानी गरदिनु पर्यो भनेर ठेकेदार ठाकुरले २(४ जनाको समुल ल्याएर तालाबन्दी गरेको प्रमुख यादवको भनाई छ । पुरानो भुक्तानी गर्नू पुर्व प्राविधिक टोली खटाएर निरिक्षण पश्चात नै प्रक्रिया अगाडि बढाइने सहमतिमा तालाबन्दी खोलिएको प्रमुख यादवको भनाई छ ।

 

मुसैलीको १५ महिना मै सक्ने गरि २२ सेप्टेम्बर २०२० मै श्री बौधी देवी जनता मा.वि को अधिनमा रहेको पोखरी सौन्दर्यकरण गर्न प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले करिब ६ करोर १२ लाख ९३ हजार मा एम.आर.आर जे. कमल जेभि जनकपुरलाई ठेक्का दिएको थियो । ठेक्का दिएको अहिले करिब ५ वर्ष भन्दा बढि बितिसकेको भएपनि २० प्रतिसत मात्र काम सम्पन्न भएको स्थानीय बताउछन ।

 

विधालयको अधिनमा रहेको पोखरीमा यस अघि विधालयले करिब १ करोड १७ लाखमा माछापालनका निम्ती ५ वर्षका लागि पोखरी ठेक्का लगाएको थियो । करिब २ लाख महिनाको आम्दानी उठाउने विधालयलाई समेत पोखरी कहिले र कुन बेला सौन्दर्य करण हुने हो भन्ने पीरले स्थानीयले बारम्बार आन्दोलन समेत गरे तर केहि सुनुवाई भएन ।

 

पोखरीको अवस्था ज्युको त्युछ । यस अघिपनि २०७९ सालमा पोखरी सौन्र्दकरण योजनामा कमसल र गुणस्तरहीन सामाग्री प्रयोग गरेको, बनेको पर्खाल महिना नबित्दै भत्कियो, भन्ने शिर्षकमा समाचार आएको थियो ।

 

सौन्दर्यकरणको नाममा १ करोड ८० लाख भुक्तानी लिई सकेका ठेकेदारले अझै १ करोड बाकी भुक्तानी नदिएको भन्दै कार्यालयमै तालाबन्दी गर्न पुगेको छ । आफनो पहुच र पावरको गलत प्रयोग गर्दै ठेकेदारले ठेक्का बमोजिम काम नगरि अधुरो कामको भुक्तानी माग गर्दै कार्यालयमा तालाबन्दी गरेपछि पुर्बाधार बिकास कार्यालय सर्लाहीका प्रमुख विजय यादवले आफु पहिला कामको अनुगमन गर्ने त्यस पछि मात्र भुक्तानी दिने भनेपछि शुक्रबार बिहान ठेकेदारले ताला खुला गरेको बुझिएको छ ।

 

यसरी कामै नगरी भुक्तानीको लागि विकासे कार्यालयहरूमा तालाबन्दी गर्नु अहिले आम कुरा भएको स्थानीयहरू बताउछन् । राजनीतिक पहुचका आधारमा ठेक्का लिने सरकारी पैसा कुम्लियाएर कतिपय ठेकेदार वेपता भएको समेत नजिर छ ।

 

मुसैलीको १५ महिना मै सक्ने गरि २२ सेप्टेम्बर २०२० मै श्री बौधी देवी जनता मा.वि को अधिनमा रहेको पोखरी सौन्दर्यकरण गर्न प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले करिब ६ करोडमा ठेक्का लगाएको सौन्दर्यकरणको काम अहिले पनि २० पर्तीशत काम पूरा भएको भएपनि ठेकेदारले कामै नगरी अधुरो गरेको कामको पुरा भुक्तानी दिनुपर्छ भनेर दादागिरी शैलीमा माग गर्दै कार्यालयमा तालाबन्दी गर्नु दुखद रहेको जानकारहरूको भनाई छ ।

 

काम पुरा नगरी भुतmानी पुरा दिनु पर्छ भनेर तालाबन्दी गर्ने कथित ठेकेदारलाई काम पुरा भएमात्र भुतmनी दिन हुन मलंगवा – ७ का जनताले जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: